नारी निकुञ्जमा सीता केसी थापाको पनि उम्मेद्वारी
२२ अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघको चुनाव नजिकिदै गर्दा उम्मेद्वारहरुको स्वतस्फुर्त उम्मेद्वारी घोषणाले साउथ अष्ट्रेलियावासी नेपालीहरुको फेसबुकको भित्तो रंगिएको छ । विहानमात्र मञ्जु खड्काले नारीनिकुञ्जको संयोजकको उम्मेद्वारी घोषणा गरेकोमा सोही पदका लागी सीता केसी थापाले पनि उम्मेद्वारी घोषणा गर्दा दुई प्रमुख पदका लागी निर्वाचन हुने निश्चित भइसकेको छ ।
एक दशक देखि साउथ अष्ट्रेलियामा बसोबास गरिरहेकि थापा हाल University of South Australia, Flinders University र TAFE SA लगायतका शैक्षिक संस्थाहरुमा नर्सिंग विषय अध्यापन गर्दै आइरएको बुझिएको छ । नेपाल तथा अष्ट्रेलियामा गरी करिब डेढ दशक नर्सिङ पेशामा अावद्द रहेको थापासँग अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको माध्यमबाट नेपालका अति दुर्गम क्षेत्रहरुमा मतृशिशु स्वास्थमा लामो समय काम गरेको अनुभव रहेको बताउछिन । पछिल्लो समयमा गैर आवासीय नेपाली संघ आफ्नो Skill, Knowledge and Innovation ट्रान्सफर कार्यक्रममार्फत अष्ट्रेलियामा सिकेका सीपहरु नेपाल लैजाने दिशामा केन्द्रित भैरहेको घडिमा आफ्ना नेपालका अनुभव र अष्ट्रेलियामा लिएको शिक्षा, सिकेका सीप र कार्याअनुभव निकै उपयोगी हुनसक्ने दावी थापाको छ ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको महासचिव समेत रहेकि थापा ज्ञानगुन चौतारी लगायतका विभिन्न माध्यमबाट साउथ अष्ट्रेलियामा चेतना अभिवृद्दि कार्यमा सक्रिय भैरहेकोमा पछिल्लो अवस्थामा गैर आवासीय नेपाली संघको भगिनी संगठन नारी निकुञ्जमार्फत एकिकृत रुपमा लैजान सकिने सोचका र संकल्पका साथ अगाडी आएको बताउँछिन ।
Leave a Reply