एयर एसियाको बिमानमा २ महिनाको बच्चाको मृत्यु
२३ अप्रिल २०१९, पर्थ- मलेसियाको राजधानी क्वालालम्पुरबाट अष्ट्रेलियाको पर्थको लागि उडेको एयर एसियाको विमानभित्र दुई महिनाको बच्चाको निधन भएको समाचार छ ।
पर्थमा अवतरण हुनासाथ डाक्टर र प्रहरीको टोली विमानमा गएको भएपनि बच्चालाई बचाउन नसकिएको बताइएको छ । एयरलाइन्सका प्रवक्ताले बच्चाको मृत्युको कारण पत्ता लाग्न नसकेको बताएका छन । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै बच्चा तथा उसको परिवारको परिचय तथा अन्य जानकारीलाई गोप्य राखिएको छ ।
घटनाका कारण क्वालाम्पुर फर्किनुपर्ने विमान पर्थमै रह्यो । असुविधाका लागी एयरलाइन्सले यात्रुहरुसंग माफी मागेको छ ।
SBS बाट
Leave a Reply