एडिलेडमा स्कीमा कार्यपत्रहरू प्रस्तुत हुदै
१३ अप्रिल २०१९, एडिलेड- एडिलेडमा आयोजना भइरहेको स्की कार्यक्रममा विज्ञहरूको कार्यपत्र प्रस्तुत गर्ने काम जारी छ । बिहानी सत्रमा दुइजनाले कार्यपत्र प्रस्तुत गरिसकेका छन ।इन्जिनियर हरी पाण्डेले EME Rediation Regulatory Network and Public Awareness in Nepal विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले टेलिफोन, मोबाइल लगायतका सञ्चारका एन्टेनाहरूले उत्सर्ग गर्ने रेडिएशनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरहरूका बारेमा चर्चा गर्नुका साथै नेपालमा यसलाई नियन्त्रण गर्न कुनै प्रणाली नै नभएको अवस्थामा गैर आवासीय नेपाली संघले यस बिषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । पाण्डे अष्ट्रेलियाको सबैभन्दा ठूलो टेलि कम्युनिकेसन सेवा प्रदायक Telstra मा Network Planning and Design इन्जिनियरका रूपमा कार्यरत छन ।
एनआरएनए अन्तरगत SKI टास्कफोर्सका संयोजकसमेत रहेका निराजन गौलीले नेपालमा बिगत ५ बर्षमा दुर्घटनाबाट मर्नेहरुको संख्या दोब्बर भएको तथ्यांक प्रस्तुत गर्दै एनआरएनएले सडक सुरक्षाका बिषयमा आफ्ना स्रोतहरू केन्द्रित गर्नुपर्ने धारणा राखे । नेपालमा सडकसम्बन्धी केही नियमहरू रहेको अबस्थामा पनि नियमहरूको पालना राम्रोसंग हुन नसक्दा दुर्घटना बढिरहेको कुरामा जोड दिदै सडक सुरक्षा सम्बन्धी नियमहरूलाई कडाइसाथ लागु गर्न सहयोग गर्नु उपयुक्त हुने बताए । गौली पेशाले सिभिल इन्जिनियर हुन ।
पहिलो सत्रको संचालन इन्जिनियर राजु उपाध्यायले गरेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघ सम्बद्ध ७० जनाबढीको सहभागिता रहेको छ ।
Leave a Reply