पाँच विज्ञहरूको कार्यपत्र प्रस्तुती सँगै समापन भयो एनआरएन अष्ट्रेलियाको चौथो विज्ञ सम्मेलन

१३ अप्रिल २०१९, एडिलेड- एडिलेडमा शनिबार भएको ‘स्की’ सम्मेलनमा ५ जना अष्ट्रेलियामा रहेका नेपाली विक्षहरूले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै समापन भएको छ ।

कार्यक्रममा इन्जिनियर हरी पाण्डेले EME Rediation Regulatory Network and Public Awareness in Nepal विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले टेलिफोन, मोबाइल लगायतका सञ्चारका एन्टेनाहरूले उत्सर्ग गर्ने रेडिएशनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरहरूका बारेमा चर्चा गर्नुका साथै नेपालमा यसलाई नियन्त्रण गर्न कुनै प्रणाली नै नभएको अवस्थामा गैर आवासीय नेपाली संघले यस बिषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । पाण्डे अष्ट्रेलियाको सबैभन्दा ठूलो टेलि कम्युनिकेसन सेवा प्रदायक Telstra मा Network Planning and Design इन्जिनियरका रूपमा कार्यरत छन ।

एनआरएनए अन्तरगत SKI टास्कफोर्सका संयोजकसमेत रहेका निराजन गौलीले नेपालमा बिगत ५ बर्षमा दुर्घटनाबाट मर्नेहरुको संख्या दोब्बर भएको तथ्यांक प्रस्तुत गर्दै एनआरएनएले सडक सुरक्षाका बिषयमा आफ्ना स्रोतहरू केन्द्रित गर्नुपर्ने धारणा राखे । नेपालमा सडकसम्बन्धी केही नियमहरू रहेको अबस्थामा पनि नियमहरूको पालना राम्रोसंग हुन नसक्दा दुर्घटना बढिरहेको कुरामा जोड दिदै सडक सुरक्षा सम्बन्धी नियमहरूलाई कडाइसाथ लागु गर्न सहयोग गर्नु उपयुक्त हुने बताए । गौली पेशाले सिभिल इन्जिनियर हुन ।

कार्यक्रमको दोस्रो सत्रमा पारस सिटौलाले नेपालको बिकाशमा तथ्यांकको प्रभावकारी उपयोग कसरी गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालजस्तो देशमा कसरी प्रभावकारी रुपमा संकलन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका सिटौलाले एनआरएनएले प्रभावकारी तथ्यांक संकलनमा ल विकासका लागी उक्त तथ्यांकको उपयोग गर्न सहयोग गर्नुपर्नेमा जोड दिए ।
डा. भरतराज पौडेलले विपत्तिको समाचार संकलन तथा संप्रेषणको स्तरोन्नतिमा एनआरएनएले कस्तो र कसरी भूमिका खेल्न सक्छ भन्ने बिषयमा केन्द्रित कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी डा. कुश श्रेष्ठले अस्ट्रेलियामा स्वास्थ्य र चिकित्सा क्षेत्रमा सिकेका क्षमतालाई कसरी नेपाल लैजान सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्ताव प्रस्तुत गरेका थिए ।
संघको टास्कफोर्स समुहले नेपाल सरकारको प्राथमिकता र संघको स्रोत र साधनको आधारमा आफ्नो आगामी ५ बर्षको योजना तय गर्नेछ ।
साउथअस्ट्रेलियाका संसद डेभिड पिसोनी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी अवैतनिक वाणिज्य दुत दिपक धमला, एनआरएनए ओशेनिया संयोजक धर्म अधिकारी, एनआरएनए अष्ट्रेलिया वेल्फेयर कोष संयोजक दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष अशोक केसी लगायतको सहभागिता रहयो ।
Leave a Reply