सम्राट “स्वर ताज”को फाइनलका एक्ला नेपाली

१२ अप्रिल २०१९, सिड्नी- अष्ट्रेलियामा रहेको भारतीय समुदायको गायन प्रतियोगिता “स्वर ताज” को फाइनलमा एक नेपाली पुगेका छन । २०१९ को शुरूबाट शुरू भएको अडिसनमा ५० जनाबढीले अडिसन दिए

कोमा फाइनल सम्म पुग्दा सम्राट किरणका नामले चिनिने धरानका किरण धमला एक्ला नेपाली हुन । अनलाइन एडिलेड सँगको कुराकानीमा नेपाली समुदायको सहयोग पाए आफुले कुनै न कुनै उपाधि हासिल गर्नेमा निकै आशावादी रहेको सुनाए ।

“फाइनलको दिनमा आफ्ना समर्थकहरुको होहल्लाका आधारमा पनि निर्णायकहरूले अंक दिने हुनाले मलाई नेपाली समुदायको सहयोगको खाँचो विशेषरूपमा फाइनलको दिनमा छ ।” नेपाली कार्यक्रमहरूमा समेत प्रस्तुती दिरहने किरण भन्छन ।

कार्यक्रमको फाइनल ११ मे मा न्यु साउथ वेल्सको ब्लाकटाउनमा रहेको बवन हलमा छ । डिनरसहितको कार्यक्रमको प्रवेश शुल्क $३० रहेको छ ।

Leave a Reply