नेपाल फेस्टिबलमा दश हजारबढी आउने एनआरएनको अपेक्षा
१० अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले नेपाली नयाँ बर्षको अवशर पारेर आगामी अप्रिल १४ तारिखमा साउथ अष्ट्रेलियाको एडिलेडमा अवस्थित लाइट स्क्वायरमा आयोजना गर्न लागेको तेस्रो नेपाल फेस्टिबलमा नेपाली, नेपालीभाषी भुटानी, सार्क राष्ट्रका नागरीक तथा साउथ अष्ट्रेलियाका स्थानीय गरि १० हजार बढीले नेपाल फेस्टिबलको अवलोकन गर्ने अपेक्षा गरेको छ । नेपाल फेस्टिबल आउन केही दिनमात्र बाँकी छदा एनआरएनएले यस्तो अपेक्षा गरेको हो । के आधारमा १० हजार बढीले नेपाल फेस्टिबलको आबलोकन गर्छन भन्ने प्रश्नको जवाफ दिँदै संघका सचिव प्रकाश पनेरु भन्छन- “हामीले यसअघि कहिल्यै नअपनाइएको प्रवर्दनको तरिका अपनाएका छौं । साथै पहिलोपल्ट आयोजना गर्न लगिएको ‘मिस्टर एण्ड मिसेस साउथ अष्ट्रेलिया’ पनि आर्को कारण हो । यसका साथै हामीले नेपाली मौलिक पञ्चेबाजासमेत सार्वजनिक गर्न लागेका छौं । “
यसैगरी संघका संयोजक आशोक केसीले पनि सामाजिक सञ्जाल र भिडियो प्रबर्दनका अतिरिक्त कार्यक्रम स्थल वरपरका वासिन्दालाई जानकारी गराउन पोस्ट बक्समा नेपाल फेस्टिबलको पर्चा वितरण गरेकोसमेत बताउछन ।
एनआरएनए साउथ अष्ट्रेलियाका कोषाध्यक्ष रजनेश श्रेष्ठ आफुहरुले सबै उमेर समुहका अबलोकनकर्ताहरुलाई आकर्षित गर्नका लागी सबै उमेर समुहका ५ जना गायक/कलाकारहरु नेपालबाट ल्याउन लागेको सुनाउछन ।
एनआरएनए साउथ अष्ट्रेलियाले आयोजना गर्नलागेको तेस्रो नेपाल फेस्टिबलमा सहभागीता कत्तिको हुन्छ त्यो त १४ अप्रिलले नै बताउने भएपनि हालसम्मको अवस्था हेर्दा राम्रै जनसहभागीता रहने अनुभविहरु बताछन् ।
नेपाल सरकारको “भिजिट नेपाल २०२०” कार्यक्रमलाई समेत सहयोग पुर्याउने रणनितिका साथ नेपाल सरकारको पर्यटन बिभागसँगको सहकार्यमा गैरआवासीय नेपाली संघले बृहत रुपमा ‘नेपाल फेस्टिबल २०१९’ मनाउने तयारी गरिरहेको छ ।
Leave a Reply