अस्ट्रेलियन पीआरमा अबिबाहितलाई प्राथमिकता, पारपाचुके बढ्ने आशंका

१० आप्रिल २०१९, क्यानबेरा- अस्ट्रेलिया सरकारले आफ्नो आप्रवासी कानुनमा फेरी केही फेरबदल गर्ने निर्णय गरेको छ ।  आप्रवासीलाई दुर्गममा आकर्षित गर्न ग्रामिण क्षेत्रका लागी दुइ थप भिषाको. व्यवस्था गरेको अस्ट्रेलियन सरकारले दुर्गममा बस्ने आप्रवासीहरुले आफ्नो पार्टनरको योग्यताका आधारमा १५ प्वइनटसम्म थप पाउने गरी कानुन संसोघन गर्न लागेको हो । यसरी एकातिर योग्य साथीका आधारमा थप १५ प्वइन्टसम्म पाउन सक्ने व्यवस्था एकातिर छ भने अर्कातिर अयोग्य साथी छोडी सिंगल हुदा थप १० प्वइन्ट पाउने व्यवस्था संसोधित कानुनमा रहेको छ । नयां कानुन अनुसार विज्ञान, गणित, प्रविधि वा इन्जिनियरिङ सम्बन्धी योग्यता भइ आफुसमेत अस्ट्रेलयन पीआरका लागी योग्य रहेका पार्टनर रहेका आबेदकले पार्टनरको माध्यमबाट थप १५ अंकसम्म पाउने छन ।

नेपालबाट एकजना पढाइमा राम्रो र अर्को आर्थीक अवस्था बलियो (तर पढाइमा कमजोर) भएकाहरु जोडी बाधिएर अस्ट्रेलिया आउने गरेका कारण परिवर्तित कानुनले नेपालीमाझ पारपाचुकेको अवस्था विकराल बन्ने सामाजिक सञ्जालकर्ताहरुले आशंका गर्न थालेका छन ।

सिड्नीका नेपाली पारपाचुके वकिल खिलेन्द्र राजले हालसम्म अष्ट्रेलिया आउन देखाबटी बिबाह गर्ने प्रचलन रहेकामा अब उप्रान्त १० अंकका लागी देखावटी छोडपत्र गर्ने परम्पराको विकास हुने बताउछन ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपालीहरुमाझ यस्ले बढी समस्या सिर्जना गर्ने आशयका घारणाहरु सामाजिक सञ्जालमा व्याक्त गरिरहेका छन ।

Leave a Reply