अष्ट्रेलियामा आफैले लिङ्ग परिवर्तन गर्न सकिने
१० अप्रिल २०१९, तास्मानिया- अष्ट्रेलियाको तास्मानिया राज्यले १६ बर्ष पुगेपछी आफ्ना नागरिकलाई १६ बर्ष पुगेपछी बाबुआमाको स्विकृति बिनानै जन्मदर्तामा लिङ्ग परिवर्तन गर्न सक्ने छुट दिएको छ ।
तास्मानियाको तल्लो सदनबाट लिङ्ग अधिकार सम्बन्धि विवादित कानुन बुधबार पास भएपछी त्यहाँका नागरिकले यस्तो सुविधा पाउने भएका हुन् । उक्त कानुन पास भएपछी तास्मानियाका कुनैपनि नागरिकले आफु १६ बर्ष पुगेपछी बाबुआमाको स्विकृति बिनानै सरकारी दस्तावेजमा आफुले चाहेअनुसारको लिङ्ग राख्न पाउने छन् ।
नयाँ कानुन अनुसार नागरिकले आफुले सरकारी दस्तावेजमा चाहेको अनुसारको लिङ्ग राख्न शल्यक्रिया गरी लिङ्ग परिवर्तन गर्नैपे्ने प्रवधानसमेत हटाएको छ ।
Leave a Reply