अस्ट्रेलियन आप्रवासीका लागी दुइ नयाँ भिषा, थप १० प्वइन्ट

१० अप्रिल २०१९, क्यानवेरा- अष्ट्रेलिया सरकारले लामो बहसपछी आप्रवासीलाई दुर्गम क्षेत्रमा आकर्षित गर्ने रणनिति स्वरुप अाप्रवासी सम्बन्धि कानुनमा शंशोधन गर्ने निर्णय गरेको छ । शंशोधित कानुन अनुसार आप्रवासीहरुले थप दुइबटा भिषा मार्फत स्थाइ बसोबासको सुविधा पाउने छन । उक्त नयाँ कानुन १६ नोभेम्वरदेखी लागु हुने बताइएको छ ।

अध्यागमन मन्त्री डेभिड कोल्म्यानको सिफारिसपछि गभर्नर जेनेरल पिटर कोसग्रोभले आगामी १६ नोभेम्बरदेखि लागु हुने गरी उक्त संशोधनलाई औपचारिकता दिएका छन् ।

यो बदलाव पछि सीपयुक्त आवेदकहरूलाई ग्रामीण अस्ट्रेलियामा काम गर्न अनुमति दिने अस्थायी भिसा (उप-वर्ग ४९१) र रोजगारदाताद्वारा प्रायोजित ग्रामीण अस्थायी भिसा (उप-वर्ग ४९४) लागु हुने भएका छन्।

परिवर्तित नियमअनुसार श्रीमान् वा श्रीमती नभएका अथवा अविवाहित रहँदै कानुनी रूपमा दम्पती नमानिने अवस्थामा रहेका आवेदकहरूले १० पोइन्ट पाउने छन्। साथै दम्पतिको अंग्रेजी ६ वा ६ भन्दा बढी भएमा पनि ५ अंक पाइने छ । दम्पतिपनि स्किल्ड भिषाअन्तरगत पीआर आवेदन गर्न योग्य भएको खण्डमा १० अंक प्राप्त गर्न सकिने छ ।

Leave a Reply