नेपाल फेस्टिवलमा नयाँपन देखिनेछ: एनआरएनए

९ अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले नेपाली नयाँबर्ष अर्थात १४ अ्प्रिलमा आयोजना गर्न लागेको नेपाल फेस्टिवलवारे जानकारी दिन सोमबार साँझ पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । कार्यक्रमको मुख्य स्पोन्सनमध्येको एक क्विन्फोर्ड कलेजको ९० किंग विलियम स्ट्रिटमा अवस्थित विल्डिङमा भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । एनआरएनएको आयोजनामा एडिलेडमा हुनलागेको यो तेस्रो नेपाल फेस्टिवल हो । संघले अष्ट्रेलियाका हरेक राज्यमा नेपाल र नेपाली संस्कृति यहांका स्थानिय तथा अष्ट्रेलियामा हुर्कदै गरेको नया पुस्तालाई चिनाउने मुख्य उदेश्यले हरेक दुइ बर्षमा नेपाल फेस्टिबल कार्यक्रम आयोजना गर्ने गरेको छ ।

नेपाल फेस्टिबलबारे पत्रकार सम्मेलन गर्दै एनआरएनए पदाधिकारीहरु

एनआरएनएले नेपाल फेस्टिवलका क्रममा नेपालको मौलिक पञ्चेबाजा सार्बजनिक गर्ने तयारी गरेको छ, जस्का लागी पञ्चेबाजा नेपालबाट एडिलेड आइसकेको छ । यसैगरी रञ्जन फोटोग्राफिको संयोजनमा नेपाल फेस्टिबलमा ‘मिस्टर एन्ड मिसेस’ नेपाल भन्ने नयाँ कार्यक्रमसमेत समावेश गरिएको संघको पत्रकार सम्मेलनका क्रममा जानकारी दिइयो । नेपाल फेस्टिबलका क्रममा सार्बजनिक गर्न लागिएको पञ्चेबाजा अष्ट्रेलियामा नै संभवत पहिलो चोटी सार्वजनिक गर्न लागिएको हो ।

कार्यक्रममा परिस्कृत विभिन्न नेपाली खानाका स्टलहरु, नेपाली व्यावसायीका स्टलहरु र बिशेषरुपमा नेपालको पर्यटन प्रवर्दनको उदेश्य राखी विदेशीलाइ नेपालबारे जानकारी गराउन जानकारी मुलक नेपाल हाउसको स्टल रहनेछन । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागी संघले नेपालबाट गायक तथा कलाकारहरु कर्ण दास, कालीप्रसाद बास्कोटा, जीवन शर्मा, मार्कश दास र बेनिसा हमाललाई ल्याउने यसअघि नै बताइसकेको छ ।

कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले कार्यक्रमलाई प्रायोजन गरि सहयोग गर्ने सम्पुर्ण नेपाली व्यावसायीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । सथै केसीले सम्पुर्ण एडिलेडबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थिति भइदिन आग्रह समेत गरे ।

संघले नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमलाइ समेत मध्यनजर गर्दै नेपालको पर्यटन प्रवर्दनमा सहयोग पुर्याउने उदेश्यले नेपाल फेस्टिबलको तयारी गरेको बताइको छ । संघले उल्लेख्य संख्यामा नेपाली तथा विदेशीहरुले फेस्टिवल अवलोकन गर्ने अपेक्षा गरेको छ ।

कार्यक्रमलाई क्विन्फोर्ड कलेज र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्ँभिसेसले संयुक्त रुपमा मुख्य प्रायोजन गरेका छन ।

Leave a Reply