एनआरएनए सदस्यताको लागी आव्ह्वान, सदस्यता न्युन रहने अनुमान
११ अप्रिल २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ (एनआरएनए) को २०१७-१९ कार्यकाल सकिनै लाग्दा आगामी जुलाइमा हुने २०१९-२१ निर्वाचनलाई लक्षित गर्दै एनआरएनएले आफ्नो सदस्यताका लागी आव्ह्वान गरेको छ । यस अघिसम्म निर्वाचनताका मात्र खुल्ला गर्ने गरिएको सदस्यता आवेदन गएको कार्यकालदेखी सधैं खुला गरिने व्यवस्था भएपनि निर्वाचन हुने बर्षमा निर्वाचनलाई लक्षित गर्दै तीन महिनाका लागी सदस्यता बन्द हुने प्रवधान छ । अत: नयाँ प्रवाधान अनुसार यस बर्ष अप्रिलको अन्त्यसम्ममात्र सदस्यताका लागी आबेदन गर्न सकिन्छ ।
साथै संघले सदस्यता आवेदन गर्ने तरिकामा केही फेरबदल समेत गरेको छ । यसअधिसम्म (शुल्क उहि रहेपनि) परिवार सदस्यता दिने व्यवस्था रहेकोमा यसपालीदेखी सबैले व्याक्तिगत सदस्यतामात्र लिन पाउनेछन । साथै आवेदकले यसपालीदेखी सदस्यता आबेदनका लागी केही थप जानकारी अपलब्ध गराउनु पर्ने छ भने संघले आफ्ना प्रत्येक सदस्यलाई छुट्टै प्रोफाइल उपलब्ध गराउछ । प्रोफाइलमा रहेका विवरणहरु भने निर्माणकै क्रममा रहेको छ । संघले नयाँ आबेदनमा आजीबन सदस्यताको ब्यवस्थासमेत हटाएको छ ।
सदस्यता आबेदन बन्द हुन २० दिनमात्र बाँकी हुदा करिब १ लाखको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको अष्ट्रेलियाबाट जम्मा ४७१ जनाले मात्र हालसम्म आबेदन दिएका छन । आबेदन दिनेमा सबैभन्दा बढी न्यु साउथ वेल्सबाट २६५ जना र सबैभन्दा कम तास्मानियाबाट ८ जना रहेका छन ।

चुनाबी गर्मी बढदै जादा एमाले र कांग्रेसनिकट प्रवासी संगठनका सदस्यहरुबिच कोठे बैठकहरु शुरु भइसकेका छन । नेपालमा माओवादी र एमालेको पार्टी एकताका कारण यसपाली अष्ट्रेलियामा पनि केंग्रेस र नेकपा संयुक्त गरी मुख्य दुई पार्टी निकटका हरुका बिच चुनाबी प्रतिस्पर्धा हुने छ ।
यसरी सदस्यता आवेदनका लागी २० दिनमात्र बाँकी रहदा ५ सयको हाराहारीमा मात्र सदस्यता रहनुले यसपाली आबेदकको संख्या घट्ने आड्कलबाजी काट्नेहरु धेरै भेटिन थालेका छन भने अन्तिममा सदस्यता संख्या ह्वात्तै बढ्ने दाबी गर्नेहरुको पनि कमी छैन ।
Leave a Reply