मायालुलाई भेट्न स्वदेश फर्कदै परदेशी

४ अप्रिल २०१९, एडिलेड- लामो समयदेखी प्रवासमा बस्दै आएका गीतकार तथा सङ्गीतकार आर. सी थापा ( रामचन्द्र थापा ) अष्ट्रेलियाको ब्यस्त जीवनमा पनि सङ्गीत सिर्जनामा त्यतिकै सक्रिय देखिन्छ । ईनास ग्लोबल उपाध्यक्ष समेत रहेका थापाले करिब दुई बर्ष अघि लोकप्रिय गायक सत्य-स्वरुपसंगको सहकार्यमा ” प्रारम्भ ” नामको गीती एल्बम सार्बजानिक गरेका थिए जस्मा रहेका सबैजसो गीतलाई सुगम सङ्गीतका श्रोताहरुले मन पराएका थिए । 

प्रारम्भ एल्बममा समेटिएकामध्ये “तिम्रो सुन्दर आँखामा ” बोलको म्युजिक भिडियो तथा गीत दर्शकहरुले सर्वाधिक रुचाएका थिए । यसैको निरन्तरता स्वरुप फेरि सत्य-स्वरुप संगको सहकार्यमा दोस्रो एल्बमको तयारीको क्रममा भर्खरै मात्र ” मायालु “बोलको गीतको म्युजिक भिडियो सार्बजानिक गरेका हुन । म्युजिक भिडियोपनि विदेशी जीवनलाई आधार बनाइएको छ । लामो समयसम्म विदेशमा बसेर आफ्नो मायालुलाई भेट्न आतुर प्रेमीको हर्षको भाब लाई समेटेर बनाईएको यस गीतमा आर सी थापाको शब्द तथा सङ्गीत रहेको छ भने लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर भरेका छन । म्युजिक भिडीयोलाई प्रकास धिताल निर्देशन गरेका छन । अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा बिस्वकर्मा र अभिनेता जीवन भट्टराईले यस भिडीयोमा अभिनय गरेका छन भने उत्सब दाहालको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन र कलर देख्न सकिन्छ ।

Leave a Reply