साउथ अष्ट्रेलिया नेपाल फेस्टिबल: तयारी तीब्र, कर्ण दास, कालीप्रसादलगायत आउदै

३१ मार्च २०१९, एडिलेड- गैर आवासीय नेपाली संघको प्रवासमा नेपाल प्रवर्दन गर्ने मुख्य माध्यम नेपाल फेस्टिबलको दिन नजिकिदै गर्दा साउथ अष्ट्रेलियामा तयारी तीब्र भएको छ । अधिल्ला बर्षहरुमा फरक समयमा गरिदै आएको नेपाल फेस्टिबल यस बर्षदेखी नेपाली नयाँ बर्षका दिन गर्ने एनआरएनए साउथ अष्ट्रेलियाको निर्णयअनुसार बैसाख १ गते अर्थात १४ अप्रिलका दिन एडिलेड शहरमा अवस्थित लाईट स्क्वायरमा मनाउने तयारी गरिएको छ । कार्यक्रम बिहान १०:३० बजेबाट प्रारम्भ हुने छ । गैर आवासीय नेपाली संघले नेपाल पर्यटन बोर्डसँग समेत सहकार्य गरि साउथ अष्ट्रेलिया नेपाल प्रवर्दन गर्ने तयारी गरेको छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन प्रवर्दन गर्ने लक्ष्य लिई यस बर्षलाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने निर्णयसमेत गरेको छ । गैर आवासीय नेपाली संघको आयोजनामा हुन लागेको यस कार्यक्रमको प्रचारात्मक सामाग्रीहरुमा साउथ अष्ट्रेलियाका प्रदेश प्रमुखका सहायक मन्त्रि जिङ लि तथा माथिल्लो संसदका अध्यक्ष रसेल वाट्लीलाई समेत देखिनुले गैर आवासीय नेपाली संघ र नेपाली समुदायप्रतिको साउथ अष्ट्रेलिया सरकारको दृष्टिकोणसमेत निकै सकारात्मक रहेको तथा साउथ अष्ट्रेलियाको राजनितिसँग नेपाली समुदायको सम्बन्ध निकट रहेको समेत प्रष्ट पार्छ ।

नेपाल फेस्टिबललाई थप रोचक बनाउन संघले नेपालबाट ६ जना ख्यातिप्राप्त कलाकारहरुलाई समेत निमन्त्रणा गरेको छ । संघका अनुसार खयातिप्राप्त नेपाली गायकहरु कर्ण दास, बद्री पंगेनी, मार्कस दास, जीवन शर्मा र गायत तथा सँगीतकार कालिप्रसाद बास्कोटा कार्यक्रमका लागी आउदैछन । यसैगरी कार्यक्रमलाई थप रोचक बनाउन अभिनेत्री बेनिसा हमालसमेत आउन लागेको संघले बताएको छ ।

नेपाल फेस्टिबललाई गैर आवासीय नेपाली संघले अष्ट्रेलियामा नेपाल र नेपाली संस्कृति चिनाउदै नेपालको प्रयटन प्रवर्दन गर्ने मुख्य पर्वका रुपमा लिने गरेको छ । सोही अनुरुप नेपाल फेस्टिवललाई भव्य र ब्ययबस्थित गराउने एनआरएनएको तयारी रहेको छ । कार्यक्रमलाई क्विन्स्फोर्ड कलेज तथा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेसले संयुक्तरुपमा मुख्य प्रायोजन गरेका छन ।

Leave a Reply