एडिलेडमा SKI सम्मेलन हुदै, के हो SKI सम्मेलन ?

६ अप्रिल २०१९, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा ‘नेपाल फेस्टिबल’ को पुर्व सन्ध्यामा SKI सम्मेलन हुने भएको छ । उक्त सम्मेलन ‘नेपाल फेस्टिबल’ को अघिल्लो दिन अर्थात १३ अप्रिल २०१९ का दिन युनुभरसिटि अफ साउथ अष्ट्रेलियाको सिटि वेस्ट बिल्डिङमा बिहान ९ बजेदेखी अपह्रान्न ३ बजेसम्म हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले बताएको छ ।

के हो SKI?

SKI को पुर्ण रुप Skill, Knowledge र Innovation हो । SKI प्रोजेक्ट रेमिट्यान्स मार्फत आर्थीक रुपमामात्र सहायता गरिरहेका प्रवासी नेपालीहरुले विदेशमा सिकेको सीपसमेत नेपालमा लगेर नेपालको विकासमा महत्वपुर्ण योगदान पुर्याउन सकिन्छ भन्ने भवनाबाट प्रेरित भइ सन् २०१३ बाट गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले शुरु गरेको संघको एक महत्वपुर्ण कार्य योजना हो । संघले प्रवासबाट पैसामात्र होइन यहां पढेर प्राप्त गरेको विज्ञता, सिकेको सीप र रचनात्मकतासमेत मतृभूमीलाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै सन् २०१३ मा ‘SKI ट्रान्सफर टास्कफोर्स’ गठन गरिसकेपछी सन् २०१४ मा सिड्नीमा, सन् २०१५ मा क्यानबेरामा र सन् २०१६ मा ब्रिसवेनमा SKI सम्मेलन आयोजना गरिसकेको छ । एडिलेडमा हुनलागेको सम्मेलन संघको चौथो SKI सम्मेलन हो ।

सम्मेलनमा के हुन्छ?

SKI सम्मेलनको मुख्य उदेश्य अष्ट्रेलियामा रहेका नेपालीहरुले अध्ययन र कामको सिलसिलामा यहां प्राप्त गरेका विज्ञता, क्षमता र रचनात्मकतालाई कसरी नेपाल लैजान सकिन्छ भन्ने बिषयमा गहन छलफल गर्नु नै हो । सम्मेलनमा विज्ञहरुले नेपाल सरकारको इच्छा र प्राथमिकताका विषयहरु जस्तै शिक्षा तथा विकाश, उर्जा तथा भौतिक विकाश, स्वास्थ तथा चिकित्सा सेवा, विज्ञान तथा प्रविधि, सामाजिक सशक्तिकरण तथा उधमसिलता, आर्थीक विकाश तथा गरिबी निवारणका लागी योजना तर्जुमा लगायतका विषयमा ३५० देखी ५०० शब्दसमम्मको कार्यपत्र तथा पावरप्वइन्टहरु प्रस्तुत गर्नेछन । र उक्त प्रस्तुतिका आधारमा संघले आफ्नो आगामी ५ बर्षको बाटो तय गर्ने छ ।

Leave a Reply