नौ महिना जेल सजाय सुनाइएका एज्ड केयर वर्कर प्रकाश जेलबाट छुट्ने

२१ फेब्रुवरी २०१९, सिड्नी- डिमेन्सिया भएका एक ८२ बर्षीय बृद्दलाई जुत्ताले हान्दै गरेको भिडियो सार्वजनिक भएपछी अदालतबाट कम्तिमा नौ महिनाको जेल सजाय सुनाइएका नेपाली प्रकाश पौड्याल अन्तत: जेलमुक्त हुने भएका छन् । उनका वकिलको अथक प्रयासबाट उनी जेलमुक्त हुन लागेका हुन् । उत्तरी सिड्नीमा अवस्थित बुपा एज्ड केयरको एक फ्यासिलिटीमा काम गर्ने ३५ बर्षीय पौड्याल डेबिड नबुल्सि नाम गरेका बृद्दलाई भुइमा लछारपछार गर्दै गरेको तथा जुत्ताले हान्दै गरेको भिडियो सार्वजनिक भएपछी एकाएक अष्ट्रेलियन संचारमा छाएका थिए । डेभिडको जिउमा पिटाइका डामहरु देखेपछी उनकि छोरीले उनको कोठामा लुकाएर क्यामरा राखेकी थिइन, जसमा पौड्यालको उक्त कर्म रेकर्ड भएको थियो ।

पौड्यालका तर्फबाट बहस गर्ने वकिलले पौड्याल एज्ड केयरका लागी तालिमप्राप्त भएपनि उनलाई डिमेन्सिया सम्बन्धी तालिम नदिइएको, उनले आफ्नो बचाउका लागी डेभिडमाथी आक्रमण गरेको, मिडियाले घटनालाई अतिरञ्जित गरेको र अष्ट्रेलियाको सम्पुर्ण एज्ड केयर प्रणालीमाथी नै रोयल कमिशनको छानविन भइरहेका बेला पौड्यामाथी यस्तो सजाय हुनु पौड्यालामाथी अन्याय हुने भन्दै सजाय पुर्विचार गर्न सिड्नी जिल्ला अदालतमा अपिल गरेका थिए । अपिललाई सकारात्मक रुपमा लिदै अदातले उनलाई जेलमुक्त गर्ने निर्णय गरेको छ । पौड्यालले आगामी ७ महिनासम्म नियमित रुपमा करेक्सन अफिसमा हाजिर भने हुनुपर्ने छ । उनले भबिष्यमा एज्ड केयरमा काम गर्न पाउने/नपाउनेबारे भने केही बताइएको छैन् ।

Leave a Reply