अर्का नेपाली भाषी मरे रिभरमा बेपत्ता

साउथ अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको २ साता नहुदै भिक्टोरीया राज्य बाट अर्को दुखद समाचार आएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको अल्बरीमा बसोबास गर्ने २१ वर्षीय विगुल पण्डित बुधबार साँझबाट बेपत्ता भएका छन । पण्डित मर्रे नदीमा बुधबार साँझ ७ बजेपछि बेपत्ता भएको समाचार स्रोतले जनाएको छ ।

उनको खोजीमा तत्कालै पहल गरिएपनि हालसम्म कुनै पत्तो लाग्न सकेको थिएन । साथीहरूसँग खोलामा गएका उनी बेपत्ता भएपछि उनका साथीले ईमर्जेन्सी सेवामा खबर गरेका थिए, त्यसको लगत्तै उनको खोजी कार्य प्रारम्भ भएको थियो । बिहीबार विहानैदेखी प्रहरी र गोताखोरहरु उनलाई खोज्ने प्रयास गरेपनी बुधबार राति ९:३० बजेसम्म सफलता हात परेको छैन । अल्बरी र बोर्डर रेस्क्युले स्थानीय निरौली पार्क र बोट र्याम्पबिचको भागमा पौडी नखेल्न अनुरोध गरेका छ । भिक्टोरियामा यो गर्मीको सिजनमा मात्रै १३ जना डुबेर मृत्युको मुखमा पुगिसकेका छन् । त्यस्तै न्यूसाउथवेल्स र क्वीन्सल्याण्डमा पनि १४/१४ जनाले ज्यान गुमाइसकेका छन् । अघिल्लो वर्ष यस्तै घटनामा ३८ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply