निश्चल हिरो थियो: साउथ अष्ट्रेलियन सांसद
९ जनवरी २०१९, एडिलेड- १२ दिन अधि अटिज्म भएको एक बच्चालाई बचाउने क्रममा समुद्रमा डुवेर मरेको अनुमान गरिएको निश्चल घिमिरेको सम्झनामा उनको मृत्यु भएकै समुद्री तटमा मंगलवार शोक सभाको आयोजना गरिएको थियो । नेपाली समुदायको र साउथ अष्ट्रेलियाको राजनीतिमा राम्रै दखल राख्ने साउथ अष्ट्रेलियनहरुको राम्रो उपस्थिति रहेको कार्यक्रममा साउथ अष्ट्रेलियाका सांसदहरुले निश्चलको त्यागको उच्चमुल्यांकन गरेका छन् । ब्याडकोय क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्ने जेयन स्टिन्सनले निश्चल हिरो भएको भन्दै आफ्नो फेसबुक स्टाटस राखेकी छन ।
कार्यक्रम गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको आयोजनामा भएको थियो ।
Leave a Reply