‘गम ट्रि’ बाट सामान बेच्दै हुनुहुन्छ? साबधान!
अष्ट्रेलियामा पुराना सामान बेच्ने लोकप्रिय माध्यम हो ‘गम ट्रि’ । आफैंले खाता खोली बिज्ञापन बनाइ सामान बिक्रि गर्न सकिन्छ । तर, पछिल्ला समयमा केही खराब ब्याक्तिहरुले यो लोकप्रिय माध्यमको दुरुपयोग गरि लुट्ने कामको थालनि समेत गरेका छन । तसर्थ ‘गम ट्रि’ बाट सामान बिक्रि गर्दे हुनुहुन्छ भने सावधान रहनुहोला ।
घटना ७ अक्टोबरको एडिलेडको हो । एकजनाले ‘गम ट्रि’ मा एप्पलको टिभि अष्ट्रेलियन डलरमा बिक्रिमा राखेका थिए । एकजनाले उनीसँग ‘गम ट्रि’ बाटै सम्पर्क गरे र आइफोनपनि बिक्रिमा रहेको छ भनि सोधे । ति ब्याक्तिको आइफोनसमेत बिक्रि गर्नु पर्ने भएको जनाएपछी उनिहरुले घरको ठेगाना मागे र घरमा आए । घरमा आएपछी उनीहरुले उक्त ब्याक्तिको टउकामा बन्दुक राखे र बसाए । बाथरुममा रहेको उनकि प्रेमीका बाहिरको विबाद सुनेर डराइ बाथरुममा नै आफुलाई बन्द गर्न चाहिन तर लुटेराहरुले बाथरुमको ढोका फोरे र उनको समेत टाउकामा बन्दुक तेर्स्याए । ती घरमालिकलाई जब बन्दुक नक्कलि भएको थाह भयो, उनले प्रतिकार गरे । तर लुटेराहरु आइफोन लुटेर फरार भइहाले ।
Leave a Reply