एनआरएनए एसएको दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
एडिलेड। गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले आशन्न २०७५ सालको बडा दशैंको अवशरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रम एडिलेड सिटि सेन्टरको साउथ टेरेसमा अवस्थित प्रिन्सेस एडिजावेथ प्लेग्राउण्डमा अपह्रान्न १:३० बजेदेखी शुरु भएको थियो ।
फिनवेभ होम लोन्सको प्रायोजनमा भएको उक्त कार्यक्रममा नेपाली कन्सुलेट, एडिलेड नेपाली समाज, अन्तराष्ट्रिय नेपाली कलाकार समाज, पाठशाला, गुठी साउथ अष्ट्रेलियालगायतका अन्य नेपाली संघसंस्थाहरुको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली खानाका परीकारहरु मासु-चिउरा, सेलरोटी, अचारलगायतका दशैंका खानेकुराहरुसमेत संघले निशुल्करुपमा उपलब्ध गराएको थियो ।
कार्यक्रममा उत्तरार्धमा नेपालकै झल्को दिने किसिमले लङ्गुर-गुर्जासमेत खेलाइएको थियो । मिठो खानाको परीकारको सेवनपछी आगन्तुकहरु लङ्गुर गुर्जाको मजा लिइरहदा आयोजकहरु निकै प्रफुल्ल देखिन्थे ।
जमघटको अवशर प्रदान गरि नेपालको झल्को दिनेगरी दशैं कार्यक्रमको आयोजना गर्ने गैर आवासीय नेपाली संघप्रति साउथ अष्ट्रेलिया बस्ने नेपाली तथा नेपालबाट आएका अभिभावकले हर्दिकता देखाइरहेको देखियो ।
साउथ अष्ट्रेलियामा हरेक बर्ष नेपालीहरुलाई लक्षित गर्दै दशैंको अवशरमा विविध कार्यक्रमहरु आयोजना गर्ने गरिएको छ । कार्यक्रमको संयोजन गरेका संघका कोषाध्यक्ष रजनेश श्रेष्ठले स्पोन्सर, कार्यक्रममा उपस्थिति जनाएर तथा स्वयंसेवकका रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन ।







Leave a Reply