दुइ दिनमै “काजीको घोडा” १ लाख बढी पटक हेरियो
६ अगष्ट २०१८, एडिलेड- पछिल्लो समयमा नेपाली गीतसंगीत तथा चलचित्रका लागी प्रवास उर्वर भुमी बन्दै गइरहेको कुरामा दुइमत छैन । अझ अष्ट्रेलियाबाट नेपाली गीत सँगीतहरु प्रशस्तै उत्पादन भइरहेका छन् । उत्पादन प्रशस्तमात्र भइरहेको छैन कि स्तरीय गीतसँगीतहरु उत्पादन भइरहेका छन भन्ने कुरा पुष्टि गरिदिएको छ साउथ अष्ट्रेलिया निवासी अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) गलोवल समिति प्रवक्ता डा. रामकृष्ण निरौलाको “काजीको घोडा” बोलको गीतको म्युजिक भिडियोले । उक्त भिडियो युट्युवमार्फत सार्वजनिक भएको दुइ दिनमा १ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।
निकै कर्णप्रिय उक्त गीतमा भुवन सिवाकोटीको शब्द रहेको छ भने आरसी थापाले सँगीत भरेका छन । सत्यराज आचार्यको स्वरमा रहेको “तिम्रो सुन्दर आँखामा…” लगायतका निकै चर्चित गीतहरुमा सँगीत भरिसकेका इनास ग्लोवलका उपाध्यक्षसमेत रहेका थापा खारिएका सँगीतकार तथा स्वयं गायक र कुशल भभिनेतासमेत हुन् ।
सुन्नैपर्ने भनि सामाजीक सँञ्जालमा ट्रेन्डिङ भइरहेको उक्त गीतको म्युजिक भिडियोमा चर्चित नायीका स्वस्तिमा खड्का र भिमफेदी गाइजको अभिनय रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको उक्त भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । म्युजिक भिडियो यस लिङ्कमा क्लिक गरि हेर्न सकिन्छ ।
Leave a Reply