एनआरएनए सदस्यलाई अब फाइदै फाइदा
२० जुलाई २०१८, एडिलेड- साउथ अष्ट्रेलियाको गैर आवासीय नेपाली संघ (एनआरएनए) का सदस्यता लिएकाहरुलाई फाइदै फाइदा हुने गरि एनआरएनए साउथ अष्ट्रेलियाले डिस्काउन्ट स्किमहरु सार्वजनिक गरेको छ । साउथ अष्ट्रेलियाका विभिन्न रेस्टुरेन्ट तथा व्यापारीहरुसँग समन्वय गरि संघले ‘डिस्काउन्ट स्किम’हरु ल्याएको हो । साउथ अष्ट्रेलियामा बस्ने गैर आवासीय नेपाली संघका सदस्यहरुले अव यति नेप्लिज रेष्टुरेन्टमा २५ प्रतिशत, जोर्नी टु एभरेष्ट रेष्टुरेन्टमा २० प्रतिशत, ग्रीन पेस्ली क्याफे एण्ड एस्प्रेसो वारमा १५ प्रतिशत, बलिउड तन्दुरमा २० प्रतिशत, द म्यानेजरमा १५ प्रतिशत, काठमान्डौ प्यालेसमा १५ प्रतिशत, गुर्खा नेपाली रेस्टुरेन्टमा १५ प्रतिशत र टेस्ट अफ हिमालय नेपाली रेस्टुरेन्टमा १० प्रतिशतको छुट पाउने संघका साउथ अष्ट्रेलिया संयोजक अशोक केसीले द अष्ट्रेलिया न्युजलाई बताए । डिस्काउन्ट पाउनका लागी संघको सदस्यताको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ । सदस्यताको प्रमाणपत्र सदस्यहरुको इमेलमा आएको फारम भरि बिनाशुल्क प्राप्त गर्न सकिन्छ ।
यस्तो स्किमको दयारा आगामी दिनमा अझ फराकिलो बनाइदै लैजाने जानकारी गराउदै एनआरएनए साउथ अष्ट्रेलिया संयोजक केसीले अन्य ब्यवसायीहरुलाई समेत एनआरएनएसँग हातेमालो गर्न आब्ह्वान गरेका छन ।
Leave a Reply