एडिलेडमा तिजैतिज, कुन कुन कलाकार आउदैछन?
६ अगष्ट २०१८, एडिलेड- प्रवासमा नेपालीहरुको संख्यात्मक बृद्दि भएसँगै नेपाली कार्यक्रमहरु धुमधामसँग मनाउन थालिएको केही बर्ष भैसक्यो । त्यसमा नेपालमै पनि निकै महत्व दिन थालिएको नारीहरुको तिजले निकै महत्व पाउन थालेको छ । कार्यक्रममा नेपाली कलाकारहरुलाई ल्याउने क्रममा भएको बृद्दिले नेपाली कलाकारहरुलाई समेत राम्रै आम्दानीको बाटो खोलिदिएको छ । करिब ३ हजार ५ सय नेपालीहरु बसोबास गर्ने साउथ अष्ट्रेलियाको एडिलेडमा मात्र चारवटा तिजका कार्यक्रम सार्बजनिक भइसकेका छन् ।
क-कस्ले गर्दैछन त एडिलेडमा तिज?
एडिलेडमा गैर आवासीय नेपाली संघको भगिनी सँगठन नारी निकुञ्ज, एडिलेड नेपाली समाज, नेपाली पाठशाला र चन्द्र सुर्य नामको कार्यक्रम आयोजक संस्थाले तिजको कार्यक्रम आयोजना गर्दैछन । पहिलो तिजको कार्यक्रमको आयोजना चन्द्र सुर्यले सोमबार, २० अगस्टमा अपह्रान्न ५ बजेदेखी १० बजेसम्म एडिलेड शहरमा रहेको लाट्भियन गलमा गर्दैछ । गैर आवासीय नेपाली संघको भगिनी सँगठन नारी निकुञ्जको आयोजनामा १ सेप्टेम्बरमा एस्कट पार्कमा रहेको एक्टिभ इल्डर्स हलमा अपह्रान्न ४ बजेदेखी अर्को तिजको हुनेछ । यसका साथै एडिलेड नेपाली समाजले सेप्टेम्बर १० मा अपह्रान्न ४ बजेदेखी लाट्भियन हलमै आर्को हरितालिका तिजको कार्यक्रमको आयोजना गर्नेछ । नेपाली पाठशालाले भने आफ्नो कार्यक्रमको विवरण सार्बजनिक गरिसकेको छैन ।
उता उत्तरि एडिलेडमा बसोवास गर्ने नेपालीभाषि भुटानीभुटानी समुदायले समेत अर्को तीजको कार्यक्रम आयोजना गर्दैछ ।
को को कलाकार आउदैछन?
नारी निकुञ्ज र एडिलेड नेपाली समाजको कार्यक्रममा नेपालबाट कोही कलाकार नआउने बुझिएको छ भने चन्द्र सुर्यको कार्यक्रममा लोकगायिका कोमल वलि आउने छिन । यसैगरि पाठशालाले गर्ने कार्यक्रममा कोहि कलाकार आउने कि नआउने केही नखुलिसकेको स्रोतले बताएको छ । नेपाली समुदायको तर्फबाट हुने सार्बजनिक गरिसकिएका तिनै कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।
उता भुटानी समुदायको कार्यक्रममा लोक गायिका सुनिता दुलाल र नायीका गौरी मल्ल आउने बुझिएको छ । भुटानी समुदायको कर्यक्रममा भने १५ डलर प्रबेश शुल्क तोकिएको छ ।
Leave a Reply