जसु कडरीया दोस्रो एडिलेड नेपाल साउथ अष्ट्रेलियन नेपाली डान्सिङ स्टार
२० जुलाइ २०१८, एडिलेड- गत जुलाई १५ तारिकको दिन साउथ अष्ट्रेलियाको एडिलेडमा दोस्रो “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” चुनिएकि छन । प्रतियोगिताको दोश्रो संस्करण स्वरुप एडिलेडको क्कोभेल्लि पार्क सामुदायिक भवनमा बिहान ११ बजेबाट भएको उक्त प्रतियोगितामा जसु कडरिया दोस्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग डान्सिङ्ग स्टार चुनिएकि हुन । तेह्र बर्ष र सो भन्दा माथि गरि दुइ उमेरसमुह अन्तर्गत भएको प्रतियोगीतामा सिनियर तर्फ अर्थात १३ बर्षमाथी समुहमा सोनिया सुब्बाले फस्ट रनर अप र भर्सटाईल डान्सरको उपाधि जितेकि छन् भने सेकेन्ड रनर अप कबिता बिष्ट भएकी छन । यसैगरी १३ बर्षमुनी समुहअन्तरगत प्रतियोगीताको उपाधि कृषला गौतमले चुमेकि थिइन भने प्रनिता श्रेष्ठ र गजल ढकाल क्रमश: दोस्रो र तेस्रो उपाधि जित्न सफल भएका थिए ।
साउथ अस्ट्रेलियामा रहेका नेपाली कलाकारहरुमा रहेको प्रतिभालाई प्रवर्दन गर्ने उद्देश्यले संस्थाले बार्षिक रुपमा यस कार्यक्रमलाइ निरन्तरता दिने निर्णय अन्तरगत दोस्रो संसकरण आयोजना गरिएको आयोजक संस्था एडिलेड नेपालका अध्यक्ष गोकुल ढकालले बताए ।
प्रतियोगीहरुको प्रतिभाको मुल्याकंन अष्ट्रेलियामा बस्ने नेपाली नायिका तथा मोडल प्रकृति श्रेष्ठ , द नेक्स्ट ग्रुपका डान्सर अमित बज्राचार्य र एडिलेडमा रहेर नेपाली गायनमा योगदान दिइरहेका लक्ष्मण गुरुङले गरेका थिए । अपेक्षाकृतभन्दा स्तरीय नृत्यले आफुलाई प्रफुल्ल बनाएको प्रतिकृया कार्यक्रमको मुल्याकंन गरेकि नायिका तथा मोडल प्रकृति श्रेष्ठले बताइन भने एडिलेड नेपालले साउथ अष्ट्रेलियाको नेपाली समुदायमा रहेका प्रतिभालाई नजिकबाट चिन्ने अवशर प्रदान गरेको अर्का मुल्यांकनकर्ता अमित बज्राचार्यले बताए । अमित बज्राचार्यले पहिलो संस्करणमा समेत जजको भूमिका निर्वाह गरिसकेका छन ।
एडिलेड नेपालले गत बर्षसमेत साउथ अष्ट्रेलियन नेपाली डान्सिङ स्टार कार्यक्रम सम्पन्न गरिसकेको छ । गत बर्षको उपाधि रीतु रानाले चिमेकि थिइन । कार्यक्रमलाई हरेक बर्ष गर्ने र आगामी दिनमा सम्पुर्ण अष्ट्रेलियाका नेपाली कलाकारहरुलाई स्मेट्ने लक्ष्य आयोजक संस्था एडिलेड नेपालको रहेको छ ।



Leave a Reply