साउथ अष्ट्रेलियामा वक फर वेल्फेयर सम्पन्न
२४ अप्रिल २०१८ एडिलेड- साउथ अस्ट्रेलियाको एडिलेड शहरमा शनिवार वक फर वेल्फेयर कार्यक्रम सम्पन्न भएको छ । शनिवार ग्लेनेल्ग बिचवाट शुरु भइ सोमर्टन बिचमा गइ समापन भएको थियो । वकमा ७० जनाभन्दा बढीको सहभगिता रहेको सहभागी नारायण खड्काले बताए ।

गैर आवशिय नेपाली संघले यहा रहेका नेपालीहरुलाइ आपत-बिपतमा सहयोग गर्ने उदेश्यले बिभिन्न कार्यहरु गर्ने गरेको छ । यसअघि बिद्यार्थीकालागी वक फर वेल्फेयर कार्यक्रम आयोजना गरेकोमा यसपाली नारी हिंसाका बिरुद्द वक फर वेल्फेयर कार्यक्रम आयोजना गरेको हो ।
गैर आवशिय नेपाली संघ साउथ अस्ट्रेलिया सम्योजक अशोक केसीले उपस्थिति राम्रो रहेको प्रतिक्रिया दिए । ” पारदर्शिता, कार्यन्वयन लगायतका बिभिन्न विषयमा आलोचना झेल्दैगर्दाको अवस्थामा यो उपस्थिति सकारात्मक हो ।” केसीले भने ।
गैर आवसीय नेपाली संघले कल्याणकारी कोषअन्तर्गत उठाउने रकमको पारदर्शीता एवं कार्वन्वयनको बिषयमा निकै आलोचनाहरु झेल्दै आएको छ । संघले सन २०१५-१७ मा विद्यार्थी कल्याणकारी कोषअन्तर्गत अस्ट्रेलियन डलर ३९ हजार संकलन गरेको थियो । यसै गरि उक्त अवधीमा एनआरएन अस्ट्रेलियाले समुदाय कल्याणका लागी ४१ हजार डलरभन्दा बढी खर्च गरेको बिबरण केहि अघिमात्र सर्वजनिक गरेको छ । विद्यार्थी कल्याणकोष अन्तरगत संकलन भएको ३९ हजार डलर भन्दा बढी रकम नियमावली बन्न नसकेका कारण खर्च हुन सकेको छैन । संघद्वारा जारी बिबरणअनुसार सन २०१५-१७ मा संघको कल्याणकारी कोषबाट १५ विद्यार्थी, ६ घुम्न आएका अभिभावक र २ जना स्थाइ बसोबासको अनुमती पाइसकेका नेपालीहरु लावन्वित भएका छन ।
यसरी नियमावलीहरु बन्न नसकेर कोषको रकम खर्च हुन नसकीरहेको सन्दर्भमा समाज कल्याण अन्तरगतका बिभिन्न कोषहरु एक आपसमा गाभेर कर्यन्वयन छरितो बनाउनका लगि एनआरएन अस्ट्रेलियाभित्र बहशहरु भइरहेका छन ।
Leave a Reply