साउथ अष्ट्रेलियामा दोस्रो अभिभावक पिकनिक कार्यक्रम हुदै

२४ मार्च २०१८, एडिलेड- एडिलेड नेपाली समाजले साउथ अष्ट्रेलियामा दोस्रो अभिभावक पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी ७ अप्रिल शनिवारका दिन पाराडाइजको गोर्ज रोडमा अवस्थित थोर्डन पार्क रिजर्भमा बिहानको ११ बजेदेखी हुनेछ । कार्यक्रम गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियासँगको सहकार्य र  सेज होम लोन्स र प्यासिफिक एजुकेशन एण्ड भिसा सर्भिसेसको प्रायोजनमा हुने आयोजक एडिलेड नेपाली समाजले जनाएको छ । 

गएको बर्षदेखी एडिलेड नेपाली समाजले नेपालबाट परीवारजन भेट्न आएका अभिभावकहरुबिचको अनुभव साटासाट एवं परिचय आदानप्रदानका लागी अभिभावकहरुको भेटघाट गराउने उदेश्यले अभिभावक पिकनिक कार्यक्रम आयोजनाको शुरुवात गरेको हो । गत गर्ष २४ अप्रिलमा पिकनिक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने  नेपालबाट साउथ अष्ट्रेलियामा आएका अभिभाबकलाई उक्त पिकनिक कार्यक्रममा सहभागी गराउन चाहनेहरुले कार्यक्रम संयोजकहरु रामकृष्ण शर्मा (०४५ ११०१ ८९६) वा युवराज कंडेल (०४२ ५०३१ ८८९)लाई सम्पर्क गर्नु अथवा ansaustralia@gmail.com मा इमेल लेख्नु पर्नेछ । सकेसम्म बढी अभिभावकहरुलाई कार्यक्रममा सहभागीता जनाउन अष्ट्रेलिया आएका अभिभावकका आफन्तलाई एडिलेड नेपाली समाजलाई सम्पर्क गर्न आयोजकहरुले विशेष अनुरोध गरेका छन ।

अन्य राज्यहरुमा भने पछिल्लो समयमा गैर आवासीय नेपाली संघले अभिभावक पिकनिक कार्यहक्रमको आयोजना गर्ने गरेको छ । यसबारेमा गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियासँग बुझ्दा एडिलेड नेपाली समाजले पहिल्यैदेखी उक्त कार्यक्रमको आयोजना गर्ने गरेका कारण सोही संस्थासँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको जानकारी दिइयो ।

Leave a Reply