ओसियाना खेलकुदका लागी साउथ अष्ट्रेलियाको प्रशिक्षण अन्तिम चरणमा

१८ मार्च २०१८, एडिलेड- नेप्लिज रिक्रेसन क्लब अष्ट्रेलिया (Nepalese Recreation Club Australia) को आयोजनामा ईस्टर बिदामा हुन गैरहेको अन्तर राज्य खेल (inter state sports) प्रतियोगिता मध्ये साउथ अष्ट्रेलिया को तयारी अन्तिम चरणमा पुगेको राज्य प्रतिनिधिद्वय सन्तोष अधिकारी र सुपक अधिकारीले बताएका छन । यसपालीको अन्तर राज्य प्रतियोगीतामा साउथ अष्ट्रेलियाले भलिवल, क्रिकेट, फुटबल, लन टेनिस, टेबल टेनिस र ५ कि.मि. दौडमा प्रतिस्पर्धा गर्ने छ ।

भलिवलमा चन्द्र प्रकाश गुरुङ् ( कप्तान/प्रशिक्षक), सबीर मगर (ब्यवस्थापक), सोभित लामिछाने ( उप कप्तान), केसब क्षत्री, मौषम घले, चिदा चौहान, अदित्य पौडेल, कैलास घिमिरे र कुमार भट्टराई खेल्दैछन ।

क्रिकेटमा पारस जोसी (कप्तान), निश्चल श्रेष्ठ (उप-कप्तान), राज महर्जन, शंकर थापा, विकाश सुवेदी, प्रमोद मान सिंह बस्नेत, अनुप खरेल, प्रेम ज्योती पौडेल, सागर राज कंडेल, सन्तोष अधिकारी, जिबन्त सापकोटा, दिपक सापकोटा, दिपक क्षेत्री र राकेश जैशवाल रहेका छन् । क्रिकेट टिमको व्यवस्थापन बिजय जोसीले गर्नेछन ।

फुटवलमा खगेन लिम्बु, सन्तोष सिम्खडा, सुमन थापा, कृष्ण थापा, सुजन बस्नेत, रकम लिम्बु, अदिप मगर, विशाल मगर, गौरक्षा भारती र धन राइ । राजन लामिछानको नेतृत्वमा जाने फुटवल टिमको व्यवस्थापन सुमन थापाले गर्नेछन ।

लन टेनिस डबलमा राजु केसी र बलराम भण्डारी तथा टोप आले त प्रबिन गुरगाईको समुहले खेल्ने छ । यसैगरी टेनिस सिंगलमा राजु केसी, प्रबिन गुरगाङ, बलराम भण्डारी, सुरज कुँवर र तोप आलेले खेल्दैछन ।

यसैगरि टेवल टेनिसमा चिदा चौहानले प्रतिस्पर्धा गर्ने छन भने ५ कि. मि दौडमा चन्द्र प्रकाश गुरुङ, धन राइ र केशव बिष्टले प्रतिस्पर्धा गर्नेछन ।

भलिवल टिमको तयारी र प्रशिक्षण लगभग अन्तिम चरणमा पुगेको छ। राज्य प्रतिनिधि सन्तोष अधिकारी र सुपक अधिकारीको पहलमा ईच्छुक खेलाडीहरु समाबेश गराई एडिलेडको साल्सवरीमा बिगत ४ महिनादेखि भलिबल खेलको नियमित अभ्यास भैरहेको छ । ONSM भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडि छनौटका लागि गत फेब्रुवरी महिनाको १७ तारिक एकदिने छनौट खेल समेत आयोजना गरिएको थियो जसमा करीब ३० जना भलिबल खेलाडिहरुले भाग लिएका थिए।

छनौट खेल लगत्तै Australian Defence force combined Service volleyball national खेलाडि चन्द्र प्रकाश गुरुंगको कप्तानीमा ९ जनाको टिम बनेको छ। ‘फ्रेण्डस् युनाइटेड साउथ अष्ट्रेलिया टिम’ नामाकरण गरि निम्न खेलाडिहरु छनौटमा परेका छन । भर्खरै मात्र टिम गठन भई अभ्यास भैरहे पनि सिड्नी म्याचमा सेमीफाईनल सम्म पुग्न सकिने अनुमान प्रशिक्षक गुरुङको छ । यस पटकको सहभागिता प्रतिस्पर्धाका लागि नभै नेपाली समुदायको भलिबलको बिकासको लागि योगदान पुगोस भन्ने फ्रेण्डस युनाईटेड टिमको सोंच छ । हाल सम्म यस टिमलाई कुनै प्रायोजक, संघ संस्था तथा ब्यवशायीहरु बाट कुनै आर्थिक सहयोग नमिलेपनि भबिष्यमा मिल्ने आशा गरिएको छ। भुटानी नेपाली समुदायबाट पनि केहि खेलाडि यस टिममा रहेको हुदॉ केहि भुटानि अविभावकहरुबाट ब्यक्तिगत रुपले आर्थिक सहयोग हुने निश्चित छ भने पोखरा नेपाल स्थाई ठेगाना भई हाल एडिलेडको ब्ल्याकभ्यु बस्ने दशमी गुरुङले ईन्ट्री फी $ २००/- सहयोग गरेका छन । आर्थिक कठिनाईका कारण व्यवस्थित रुपले अभ्यास गर्न नसकेपनि खेलाडिहरुको प्रगति उल्लेखनिय भएको सबै खेलाडीहरुले महशुस गरेका छन्।

यसैगरी क्रिकेट, फुटबल लन टेनिस, र टेबल टेनिसका लागी साउथ अष्ट्रेलिया यस्ता खेलहरुको नियमित अभ्यासका लागी क्लबहरुनै रहेका छन् । क्रिकेटका लागी एडिलेड नेपाली क्रिकेट क्लब, फुटबलका लागी एडिलेड खुकुरी फुटबल क्लब, लनटेनिस र टेबल टेनिसका लागी एडिलेड नेपाली टेनिस क्लब रहेका छन जसले खेलाडीहरुलाई उक्त खेलको नियमित प्रशिक्षण गराउने गर्छन ।

Leave a Reply