अष्ट्रेलिया आउन चाहनेको व्यवहारको निगरानी राख्ने अष्ट्रेलियाको तयारी

४ मार्च २०१८, अष्ट्रेलिया- अष्ट्रेलिया आउन चाहनेको उसको देशमा हुदादेखीकै व्यवहारको निगरानी राख्ने तयारी अष्ट्रेलियाले थालेको छ । ‘होम एफेयर्स डिपर्टमेन्ट‘ का सचिवले  अष्ट्रेलियाको सरकारले  ‘होम एफेयर्स डिपर्टमेन्ट‘ लाई अष्ट्रेलिया आउन चाहनेहरुकोबारेमा सुचना प्राप्त गर्न अधिकार प्रदान गर्नेछ । यसरी राखिने निगरानीमा सामाजिक सञ्जालमा गर्ने अभिब्यक्तिहरुपनि पर्नेछन ।

होम एफेयर्स सचिब माइकल पेज्जुलोले भने- ” सरकार यस प्रस्तावप्रति निकै सकारात्मक छ ।”
“अष्ट्रेलियाको नागरीकता पाउनेहरुलाई लागी आफ्नो देशबाट अष्ट्रेलिया आउनुअगाडी देखीनै सबै स्रोतहरुको प्रयोग गरि मानिसको चरित्रका बारेमा अष्ट्रेलियाले निगरानी शुरु गर्ने छ ।” उनले थपे । तर यसो हुन संसदबाट उक्त नियम पास हुनुपर्छ । 

सन २०११ देखी अष्ट्रेलियामा करिब १ लाख ९० हजार विदेसीलाई हरेक बर्ष अष्ट्रेलियाले स्थायी बसोवास अनुमति दिदै आइरहेको छ ।

Leave a Reply