अष्ट्रेलियामा हरेक दिन आठ महिला घरेलु हिंसाका कारण अस्पताल भर्ना

४ मार्च २०१८, सिड्नी- अष्ट्रेलियामा घरेलु हिंसाको डरलाग्दो तथ्याकं सार्वजनिक भएको छ । अष्ट्रेलियामा गरेक दिन ८ जना महिलाहरु अस्पताल भर्ना हुनुपर्ने गरि घरेलु हिंसाका सिकार हुनेगरेको तथ्य सार्वजनिक भएको हो ।

पारिवारीक, घरेलु र लैंगिक हिंसाबारेको पहिलो रिपोर्टले हरेकदिन महिलामाथी ५२ बटा यौनजन्य हिंसा प्रहरीमा दर्ता हुने गरेको खुलासा गरेको हो । त्यसो त औसतमा ११ जना पुरुपनि हरेकदिन आक्रमणको सिकार हुनेगरेका छन् ।

पहिलोपल्ट अष्ट्रेलियाको स्वास्थ तथा कल्याण (Australian Institute of Health and Welfare (AIHW)) नामको संस्थाले अस्पताल लगायत २० अन्य निकायहरुबाट सुचना लिइ अध्यायन गरेको थियो ।

बर्तामान अथवा बिगतका जोडीसँगको झगडाका कारण हरेक हप्ता १ जना महिला र हरेक महिना १ जना पुरुषको मृत्यु हुनेगरेको अध्यायनबाट खुलेको छ ।

पारिवारिक हिंसाका कारण हरेक बर्ष सरकारको २२ बिलियन अष्ट्रेलियन खर्च हुने बताइएको छ । यस्तो खर्च उपचार, काउन्सेलिङ, पुन:स्थापना र पिडितले उक्त अवधिमा गुमाउने तलबको जम्मा खर्च हो । खर्चका हिसावले यो सबैभन्दा संवेदनशिल रहेको स्वास्थ तथा कल्याण सस्थाका प्रमुख ब्यारी स्यानडिसनले बताउछन । घरेलु हिंसाका कारण उत्पन्न हुने समस्याहरु अष्ट्रेलियन प्रहरीको ३० देखी ४० प्रतिसत काम हो ।

Leave a Reply