के हटेकै हो नर्सिङ अष्ट्रेलियाको पिआर सुचीबाट?
४ मार्च २०१८, ब्रिसवेन- अष्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यले तत्कालका लागी नर्सिङ पेसाबाट पिआर आवेदन गर्ने मनसाय प्रकट गरेकाहरुलाई अवेदनको लाई स्विकृति दिन बन्द गरेको छ । क्विन्स्ल्याण्डको अप्रवासन हेर्ने निकाय व्यापार र दक्ष आप्रवास क्विन्सल्याण्डले एक सुचना जारी गर्दै २७ फेब्रुवरी र सोभन्दा पछी ‘एक्प्रेसन अफ इन्ट्रेस्ट’ पठाएकाहरुलाई ‘इन्भिटेसन’ नपठाउने बताएको छ । व्यापार र दक्ष आप्रवास क्विन्सल्याण्डले अत्याधिक आवेदन आएका कारण आवेदनको अनुमति तत्काललाई बन्द गरिएको बताएको छ । एप्लिकेसन लिन तत्कालका लागी बन्द गरिएको भएपनि आप्रवासनबारे जानकारहरुले आबेदन भविष्यमा पुन: खुल्ने बताएका छ ।
व्यापार र दक्ष आप्रवास क्विन्सल्याण्डले नर्सिङ सम्वद्द देहायका विषयहरुलाई स्थायी बसोवास गर्ने अनुमति दिदै आएकोमा सबैलाई हाललाई बन्द गरेको छ ।
| 254412 | Registered Nurse (Aged Care) |
| 254413 | Registered Nurse (Child and Family Health) |
| 254414 | Registered Nurse (Community Health) |
| 254415 | Registered Nurse (Critical Care and Emergency) |
| 254416 | Registered Nurse (Developmental Disability) |
| 254417 | Registered Nurse (Disability and Rehabilitation) |
| 254418 | Registered Nurse (Medical) |
| 254421 | Registered Nurse (Medical Practice) |
| 254422 | Registered Nurse (Mental Health) |
| 254423 | Registered Nurse (Perioperative) |
| 254424 | Registered Nurse (Surgical) |
| 254425 | Registered Nurse (Paediatric) |
| 254499 | Registered Nurse nec |
पछिल्लो समयमा पिआर पाउन सजिलो रहेकाले धेरैभन्दा नेपालीहरुले नर्सिङ पढ्दै आएका थिए । क्विन्स्ल्याण्ड सरकारले आवेदन लिन बन्द गरेपछी भविष्यमा अष्ट्रेलियाको पिआर अझ कठिन बन्ने संकेत गरेको अनुमान पनि धेरैको छ । अष्ट्रेलियन सरकारले अष्ट्रेलियाको पिआर र नागरीकता नीति कडा बनाउने प्रयास पटक पटक गरेको भएपनि आप्रवासी प्रेमी लेवर दलको बिरोधका कारण यस्ता नियमहरु संसदबाट पारीत हुनसकेका छैनन् । अगामी निर्वाचनमा लेवर कमजोर भए अष्ट्रेलियाको पिआर र नागरिकता नीति निकै कठीन हुने निश्चितप्राय: छ ।
Leave a Reply