भारतीय विद्यार्थीले कारमै सहकर्मीको बलत्कार गरेपछी…

६ मार्च २०१८, ब्रिसवेन- एक भारतीय विद्यार्थीले निकै कारभित्रै आफ्नी एक सहकर्मीको निकै क्रुर तरीकाले बलत्कार गरेको खबर सार्वजनिक भएको छ । सगै काम गर्ने एक सहकर्मीलाई घरसम्म पुर्याइदिन्छु भनि कारमै उनले बलत्कार गरेको खुलेको हो । पुलिसले बताएअनुसार उनले किस गरे र पछिल्लो सिटमा लगेर लगातार १० मिनेटसम्म दिशा गर्ने ठाँउमा बलत्कार गरे ।  बलत्कार गर्ने भारतीय २६ बर्षका र महिला २० बर्षिय रहेको बुझिएको छ । 

 ती भारतीयले निकै जबरजस्ति गरिरहेकाले महिलाले निकै हार गुहार गरेको र पुरुषलाई घकेलेर भाग्ने प्रयास गरेको प्रहरीलाई बताएको गोल्ड कोष्ट बुलेटिनले लेखेको छ । बुलेटिनले ती पुरुषले बलत्कार गरेको कुरा अस्विकार गरिरहेको पनि  प्रहरीसँगको उनको रेकर्डेड फोन कललाई उदृत गर्दै लेखेको छ ।

बलत्कारका कारण महिलाको दिशा गर्ने नलीमा घाउ भएको स्वास्थ जाचँका क्रममा देखिएको छ ।

पुरुष एयरपोर्टभन्दा ५०० मिटर पर बस्नुपर्ने र पासपोर्ट सरकारसँग रहनेगरी जमानतमा छोडिएका छन । घटनाको अर्को सुनुवाइ मार्च २० मा हुदैछ ।

Leave a Reply