उल्लासपूर्वक मनाइँदै होली


रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ। कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ।

 

समाचारदाता —————————————————————————

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय मुलुक हो । यहाँ हिन्दू, बौद्धलगायत विभिन्न धर्मावलम्बीको बसोबास रहेको छ । फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुले मनाउने महान पर्व हो होली । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । वैदेशिक रोजगारका क्रममा आएका नेपालीले पनि होली उल्लासपूर्वक मनाउने गरेका छन् । यूएई, कतार, अष्टेलिया तथा युरोप, अमेरिकालगायत देशहरुमा विभिन्न प्रयोजनका लागि पुगेका नेपालीले यस वर्षको होली मनाउने तयारी गरेका छन् ।
यूएई आएका नेपालीले प्रत्येक वर्षझैं यस वर्ष पनि होली मनाउँदैछ । यूएईको दुबई, रसअलखेमा, अबुधावीलगायत सातै राज्यमा नेपालीले होली उल्लासपूर्वक मनाउने भएका हुन् । यूएईमा संगठित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सद्भाव र मेलमिलापको प्रतिक होली मनाउँदैछन् ।

होली नेपाली तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा(युवतीहरू गीत गाउँदै(नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक(अर्का्सित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार(साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

इतिहास

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

=====================================

होलीमा आजका युवाहरु अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मानिदैन ।

=====================================

नेपालमा होली

फागुपूर्णिमा अनी होली भनिने यो चाड नेपालमा हर्षोल्लाशका साथ मनाउने गरिन्छ। नेपालमा यो चाड असाध्य धुमधाम गरी, अरु ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइन्छ।  होलीको अघिल्लो साझ नेपालको वसन्तपुर दरवार अगाडि ’होलिका दहन’ गरेर  यस चाडको सुरुवात गरिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्नि नजिक जादा होलिका आँफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रुपमा यो पर्व मनाइन्छ। हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ । नेपालको विशेष सहरहरु काठमाडौं, पोखरा, धरान, चितवन, बिराटनगर, धनगढीलगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङहरुको बर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ। नेपालका गाँउहरुमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर लगायत रङ लगाउने चलन हुन्छ। होलीले विभिन्न खालका विक्रितिविसंगति पनि भित्र्याएको छ। होलीमा आजका युवाहरु अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मानिदैन । नेपालका मुख्य शहरहरुमा होलीकोलागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ।

रङ्ग


रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ। कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ। नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ। लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहिए । पहेलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो। गणेशजी हरेक रङ्ग मन पराउँथे । रातो रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्। अधिकांशलाई मन पर्ने रंग हो( रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ। स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रंग मन पराउने मानिसहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्। हरियो हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ। पहेंलो यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दू धर्म अवलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन्। नीलो यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ। त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ। यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन्। कालो होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन्। तुरुन्तै रिसाउने खालका हुन्छन्। सेतो धेरैलाई मन पर्ने रंग हो( सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन्। चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।

पञ्चाङ्ग

होली कहिले कुन दिन मनाउने त्यो नेपाली मिति अथवा अंग्रेजी मिति अनुसार नभएर हिन्दू पञ्चाङ्ग अनुसार निर्णय भएको छ त्यसैले यसको अन्य मितिमा सधै भिन्नता रही रहने गरेको छ । केहि बर्ष पहिला र केहि बर्ष पछिको होलीको मिति यसप्रकार छ ।

· विसं २०७० चैत्र १(२ सन् २०१४ मार्च १६
· विसं २०७१ फाल्गुण २०(२१ सन् २०१५ मार्च ५
· विसं २०७२ चैत्र ९(१०’ सन् २०१६ मार्च २३
· विसं २०७३ फाल्गुण २८(१९ ’ सन् २०१७ मार्च १२
· विसं २०७४ फाल्गुण १७(१८ सन् २०१८ मार्च १
· विसं २०७५ चैत्र ७(८ सन् २०१९ मार्च २१
· विसं २०७६ फाल्गुण २६(२७ सन् २०२० मार्च ९
· विसं २०७७ चैत्र १४(१५ सन् २०२१ मार्च २८
· विसं २०७८ चैत्र ३(४ सन् २०२२ मार्च १८
· विसं २०७९ फाल्गुण २२(२३ सन् २०२३ मार्च ७
· विसं २०८० चैत्र ११(१२ सन् २०२४ मार्च २५

← Back

Thank you for your response. ✨

Leave a Reply