एडिलेडमा वल्क फर वेलफेयर मार्चको अन्तिम साता

२८ फेब्रुवरी २०१८, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अष्ट्रेलियाभर हरेक बर्ष गर्ने ‘वल्क फर वेल्फेयर’ कार्यक्रम साउथ अष्ट्रेलियामा २४ मार्चमा हुने भएको छ । कार्यक्रम २४ मार्चमा बिहान नौ बजेदेखी ११ बजेसम्म ग्लेनेल्ग बिचबाट शुरु भइ सोमरटन पार्कमा गइ सम्पन्न हुने नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक इन्दु भट्टराइले बताइन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अष्ट्रेलियाभर हरेक बर्ष गर्ने ‘वल्क फर वेल्फेयर’ कार्यक्रमको पाँचबटा राज्यमा कार्यक्रम आयोजना हुने मिति सार्वजनिक गरिसकेको छ । सिड्नीमा १० मार्च, क्यानवेरा १७ मार्च, क्विन्सल्याण्डमा १८ मार्च, एडिलेडमा २४ मार्च र भिल्टोरीयामा २९ अप्रिलमा हुने तय भएको हो । बाँकि राज्यहरुमा पनि निकट भविष्यमा कार्यक्रम आयोजना मिति सार्बजनिक हुने बताइएको छ । यसपालीको ‘वल्क फर वेलफेयर’ कार्यक्रम नारी कल्याणका विषयमा भएकाले आयोजना एनआरएनएको भगीनी संस्था नारी निकुञ्जले गर्दैछ । कार्यक्रममा सहभागीताका लागी विद्यार्थी तथा नेपालबाट आएका अभिभावकले अष्ट्रेलियन डलर ३०, एकजनाको ६० र परिवारको १५० डलर कायम गरिएको छ ।

कार्यक्रमबाट संकलित कुल रकमको ६० प्रतिशत रकम गैर आवासीय नेपाली संघ अन्तर्गत नारी निकुञ्ज अष्ट्रेलियाद्वारा महिला कल्याणका लागि संचालन गरिने कार्यक्रमहरु तथा परियोजनाहरु जस्तै महिला सशक्तिकरण, घरेलु हिंसा, महिला हिंसा, डिप्रेसन र मनोबैज्ञानीक तथा मानसिक रोग निदान कार्यक्रम लागि खर्च गरिने र ४० प्रतिशत रकम सोसियल वेल्फेयर फन्डमा जम्मा हुने बताइएको छ ।

समाजले यसअधि संकलित रकमहरुबारे सामाजिक सञ्जालमा बारग्राफका माध्यमबाट जानकारी गराएको छ । बार ग्राफका अनुसार सन् २०११-१३ मा संकलित रकमबाट ८ जनालाई अष्ट्रेलियन डलर २२ हजार ५ सय, २०१३-१५ मा संकलित रकमाबाट १४ जनालाई अष्ट्रेलियन डलर ४० हजार, २०१५-१७ मा २४ जनालाई ४१ हजार ५ सय र २०१७-१९ मा ८ जनालाई १४ हजार ३ सय खर्च गरिसकेको देखिन्छ । यसरी सार्वजनिक भएको विवरणमा कति रकम संकलन गरियो र क-कसलाई के के उदेश्यका लागी रकम वितरण गरियो भन्नेवारेमा विवरण मौन छ । संस्था यसवारेको पुर्ण विवरण इमेलमार्फत सरोकारवालाहरुलाई निकट भविष्यमा जानकारी गराउने जनाएको छ ।

संस्थाको उदेश्यमा रहेका कुराहरु राम्रो स्वस्थ व्यवस्था भएको अष्ट्रेलियन सरकारको नागरिक भइसकेकाहरुका लागी उति उपयोगी हुन नसकेपनि अस्थायी भिषामा रहेका नेपालीहरुका लागी भने उपयोगी हुने देखिन्छ । कार्यान्वयनमा चुनौति झेल्दै आएको गैर आवासीय नेपाली संघले सामाजिक कामका लागी संकलन गर्ने रकमको प्रभावकारी कार्यान्वयन र पारदर्शिताका बिषयमा प्रश्नहरु उठ्ने गरेका छ ।

Leave a Reply