एडिलेडमा ‘चर्चित कलाकार’हरुको साथमा नि:शुल्क होली कार्यक्रम
२३ जनवरी २०१७, एडिलेड- सानो समुदाय भइकन स्थानिय सरकारमा पहुचं, नेपाली चाडपर्व, कला-संस्कृतिको अभ्यास आदिमा निकै अगाडी रहेको साउथ अष्ट्रेलियाको नेपाली समुदायमा नेपालको (विशेषत: तराइको) अर्को ठुलो चाड होलीपनि यस बर्षदेखी धुमधामसँग मनाइने भएको छ । नेपालका तीन चर्चित कलाकारहरु र एउटा चर्चित नृत्य समुहसँग प्रवासमा निशुल्क कार्यक्रम गरिदैछ भन्दा शुरुमा पत्याउन अलि गार्हो हुन्छ । तर यो समाचार सत्य हो । एडिलेडको नेपाली समुदायको विविध क्षेत्रमा काम गर्दै आएको एडिलेड नेपालको आयोजनामा यसपालीको होलीको अवशरमा नेपालका चर्चित कलाकारहरुको साथमा प्रवेश निशुल्क गरि कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा चर्चित गायक दिपक बज्राचार्य, गिरिस खतिवडा र इन्दिरा जोसीका साथमा चर्चित नृत्य समुह कार्टुन क्रुजले आफ्नो प्रस्तुति दिनेछ ।
कार्यक्रम विहिवार, १ मार्चमा मिच्चेल रिजर्भमा अपह्रान्न २ बजेदेखी ७ बजेसम्म हुने बताइएको छ । कार्यक्रममा उपस्थिति जनाई सहयोग गर्न सबैलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रममा बिभिन्न खानाका स्टलहरु रहने हुदा कार्यक्रममा आउदा केही नगद लिएर आउदा चाहेको खाना किन्न सहज हुनेछ ।
प्रवासको ब्यस्तताहरुमाझ कार्यक्रम आयोजना गर्नु अत्यन्त गार्हो हुने हुदा सबैको सानो सहयोग भए आयोजकलाई निकै सहज हुने धारणा आयोजक एडिलेड नेपालका गोकुल ढकालले राखे । “समुदायका लागी आफ्ना कार्यब्यस्तताबिच र परीवारलाई दिने समयबाट समय निकालेर कार्यक्रमहरु आयोजना गरिरहदा सबैको सहयोग भयो भने थप उर्जा मिल्नेरहेछ । ” ढकालले थपे ।
कार्यक्रमको फ्लायर र अष्ट्रेलियामा रङको खेल खेल्दा लाग्ने प्रवेश शुल्कको सक्रिन सट सामाजिक संजाल फेसबुकमा सेयर गर्दै गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष अशोक केसीले लेखे- “हामी जुन ठाउँ मा छौ, जहाँ होली जस्तै (The Color Run) खेल्न को लागि ६०-७०$ तिर्नु पर्ने हुन्छ । जसमा रमाइलो, च्यारिटी बाहेक अरु केही जोडीएको छैन । तर हामीले खेल्ने होलीमा हाम्रो परम्परा, रितिरिवाज तथा संस्कृति जोडीएको छ । त्यो माथि यो फ्रि छ र प्रतिष्ठित कलाकार हरु सँग छ । तसर्थ बाक्लो उपस्थिती सहित को भरपुर मनोरञ्जन हुनेमा पुर्ण आशाबादी छु । धन्यबाद एडिलेड नेपाल टिम ।”
Leave a Reply