‘अष्ट्रेलिया डे’ मा परेड नहुनसक्ने
२३ जनवरी २०१८, एडिलेड- ‘अष्ट्रेलिया डे’ का दिन एडिलेडमा हुने गरेको परेड यसबर्ष नहुने संभावना बढेको छ । साउथ अष्ट्रेलियामा परेड गर्ने जिम्मेवर निकाय परेड एसएले मगलवार बिहान इमेलमार्फत परेडमा सहभागी हुने समुदायलाई यस्तो जानकारी गराएको हो । इमेलमा अत्याधिक गर्मीका कारण परेड गर्न नसकिने अवस्था हुनसक्ने बताइएको छ । यसैगरी परेड एसए ले यसवारे समुदायको धारणा समेत माग गरेको छ ।
परेड एसएले उक्त दिनको तापक्रम ४० डिग्रीभन्दा बढी रहने अनुमान रहेको बताएको छ । सबै समुदायबाट प्रतिकृया आइसकेपछी त्यसैको आधारमा परेड हुने/नहुने विषयमा २६ जनवरीको दिन बिहान ९ बजे अर्को इमेलमार्फत जानकारी गराइने बताइएको छ । अष्ट्रेलियामा २६ जनवरीमा मनाइने गरेको अष्ट्रेलियामा आदिवासीहरुको बिरोधका कारण उत्सबको मिति सार्ने बिषयमापनि चर्का बहसहरु चलिरहेका छन । अष्ट्रेलियाका आदिबासीहरुले ब्रिटिस ट्रुप अष्ट्रेलिया प्रवेश गरेको यो दिनलाई कालो दिवशका रुपमा मनाउदै आएका छन । पछिल्लो समयमा बहुसांस्कृतिक उत्सबका रुपमा मनाउन थालिएको यस दिनको मिति सार्नुपर्ने धारणा केही विचारकहरुको रहदै आएको छ ।

Leave a Reply