लेवरका उम्मेद्वारको समर्थनमा नेपालीहरुको कार्यक्रम

टोरेन्सबाट लेबरकि सांसद डाना बाट्ली र ब्याड्कोको उम्मेद्वार ज्येन स्टिन्सन

२० जनवरी २०१७, एडिलेड- प्रवासमा बसेरपनि कतिपयले नेपाली राजनितिकै झोला बोकेर हिडिरहेका बेला सानो तर प्रभावशाली नेपाली समुदाय रहेको साउथ अष्ट्रेलियाको नेपाली समुदाय भने स्थानिय राजनितिमा रुची देखाउदै अगाडी बढेको छ । स्थानिय चुनाब नजिकिएसँगै यहिका दलका नेताहरुको समर्थनमा बिभिन्न कार्यक्रमहरु गर्न थालेको छ । गत सातामात्र पश्चिमि एडिलेडमा लेबर पार्टीको समर्थनमा बार्बिक्यु कार्यक्रमको आयोजना गरेको नेपाली समुदायले आगामी हप्ता लेबरका उम्मेद्वारहरु डाना बाट्ली, ज्येन स्टिन्सन र सिम सिङ्ग माल्हिको समर्थनमा कार्यक्रम गर्न लागेको हो  सिम सिङ माल्हि भारतीय मुलका अष्ट्रेलियन हुन । कार्यक्रम मंगलवार, २३ जनवरीमा ब्राइटनमा अवस्थित टेस्ट अफ हिमालय रेस्टुरेन्टमा गर्न लागिएको हो ।  बाट्ली हाल टोरेन्स एरियाबाट साउथ अष्ट्रेलियाको तल्लो सदनमा प्रतिनिधित्व गर्छिन । ज्येन लेवरका तर्फबाट ब्याडकोका लागी उम्मेद्वार हुन ।

साउथ अष्ट्रेलियामा ५४ औं चुनाब १७ मार्चमा हुदैछ । उक्त चुनाबबाट तल्लो सदनको ४७ र माथिल्लो सदनको ११ (कुल २२ मध्येबाट)का लागी  प्रतिनिधिहरु छानिनेछन । सन २०१४ को निर्वाचनमा लेबरले २३, लिवरलको २२ र २ स्वतन्त्रले जितेका थिए । आगामी निर्वाचनमा लेबरले बहुमत ल्याउने दाबीका साथ समर्थकहरुले चुनाबी सभाहरु गरिरहेका छन् । नेपालीहरुको प्रभाव हालसम्म राम्रो रहिरहेकाले रनेपालीहरुको संख्या बढीरहेकाले आगामी दिनमा नेपालीहरुले साउथ अष्ट्रेलियाबाट चुनाब लड्नसक्ने प्रवल संभावना रहेको गैरआवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष अशोक केसीको विश्लेषण रहेको छ । साउथ अष्ट्रेलियामा रहेका भुटानी समुदायको लेबरलाई समर्थन रहने गरेको छ भने बहुसंख्यक नेपालीहरुले समेत लेबरको समर्थन गर्ने गरेका छन् । यसखालका लेबर समर्थकहरुको माहोलका कारण नेपाली समुदायमा लेबरको पल्ला भारी रहेको विश्लेषकहरुको दाबी रहेको छ ।

बिशिष्ट ब्याक्तिहरुको प्रभावशाली उपस्थिति रहने दावी गरिएको डिनरसहितको उक्त कार्यक्रमको प्रवेश शुल्क ५० डलर रहेको छ । खानाको पैसा कटाएर बचेको रकम लेबरको चुनाब प्रचारप्रसारमा खर्च हुने आयोजकले बताएका छन् ।

नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैं साउथ अष्ट्रेलियाको संसद भवनमा मनाउन लेगिस्लेटिभ काउन्सिलका अध्यक्ष रसेल वाट्ली र डाना वाट्लीले बिशेष सहयोग गरेकाले हाल उनीहरुको चुनाब प्रचारमा मद्दत गरेको  नेपाली समुदायमा लेबर चुनाब प्रचार प्रसार कार्यक्रमको संयोजन गरिरहेका गोबिन्द रानाले बताए । गत बर्ष साउथ अष्ट्रेलियाको संसद भवनमा भएको दशैंको टीका कार्यक्रममा रसेल आफ्नि आमाको मृत्यु भएको भोलिपल्ट सहभागी भएका थिए ।

Leave a Reply