लेवर पार्टीको समर्थनमा एडिलेडको नेपाली समुदायमा चुनावी कार्यक्रम
२४ जनवरी २०१८, एडिलेड- स्थानिय लेवर पार्टीको समर्थनमा मंगलवार एडिलेडमा नेपाली समुदायमा चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेवरको तर्फबाट सेफीको लागी उम्मेद्वार सीम, ब्याडकोइकी उम्मेद्वार ज्येन स्टिन्सन, टोरेन्सकि उम्मेद्वार डाना वाट्ली र साउथ अष्ट्रेलियन संसदको माथिल्लो सदनका अध्यक्ष रसेस वाट्लीको सहभागीत रहेको थियो ।
हेम खनालले संचालन गरेको उक्त कार्यक्रममा नेपाली समुदायका तर्फबाट दिपक बिस्ट र अशोक केसीले स्वागत मन्तब्य दिइका थिए । लेवरलका उम्मेद्वारहरु मध्ये डाना वट्लीले आफ्ना पिताले युरोपबाट अष्ट्रेलिया आएपछी शुरुका दिनमा भाषामा गर्नुपरेको संघर्ष स्मरण गर्दै यस बहुसांस्कृतिक देशमा भाषाका आधारमा अप्रवासलाई कठिन बनाउने सोचलाई साकार हुन दिन नहुने बताइन । लेवर उक्त कुराको सदैब बिरोधमा रहेकाले लेवरको बिजयले मात्र त्यसलाई परास्त पार्ने बताइन । डाना बर्तमान साउथ अष्ट्रेलियन तल्लो सदनकि प्रतिनिधि समेत हुन । अष्ट्रेलियन न्युज च्यानलमा १५ बर्षभन्दा बढी बिताएकि ब्याडकोइकि उम्मेद्वार ज्येनले स्वास्थ र शिक्षाको महत्वका बारेमा बोलिन । आफु निकै गरीब परीवारमा जन्मिएको र आफु बच्चा हुदा घरमा टीभिसमेत नरहेको स्मरण गर्दै साउथ अष्ट्रेलियामा शिक्षाको अवस्था राम्रो नभएको भए आफु हाल यो अवस्थामा नहुने बताइन । आफु सानै हुदा आफ्ना बाबुसमेत बिमारी रहेको सम्झदै साउथ अष्ट्रेलियाको स्वास्थ सेवा अमेरीका वा अन्य मुलुकहरुकोजस्तो भएको भए आफुले पितृप्रेम उहिल्यै गुमाइसक्ने बताइन । लेवर पार्टी सदैब स्वास्थ र शिक्षा नि:शुल्क हुनुपर्ने कुराको पक्षमा रहेकाले साउथ अष्ट्रेलियाको नेपाली समुदायले लेवरलाई जिताउनुपर्ने बताइन ।
२१ बर्षिय भारतीय मुलका सीमले आफुलाई जिताउन आग्रह गरे । यसैगरी साउथ अष्ट्रेलियन संसदको माथिल्लो सदनका अध्यक्ष रसेस वाट्ली निकै तीब्र गतिमा बढीरहेको नेपाली समुदायको समर्थन लेवरलाई रहनेमा आशा ब्याक्त गरे ।
Leave a Reply