अष्ट्रेलियन कर कार्यालयले बिदेसीको लेखापरीक्षण गर्ने

१५ जनवरी २०१७, एडिलेड- अष्ट्रेलियन कर कार्यलयले यहा बसोवास, काम र अध्यायन गर्ने बिदेसीहरुको लेखापरीक्षण गर्ने भएको छ । बसोवास, काम र अध्यायन गर्ने बिदेसीहरुको अलावा माइग्रेसन इजेन्टहरुको समेत लेखा परीक्षण हुने बताइएको छ ।

१ जुलाई २०१७ देखी ३० जुन २०२० सम्मको ३ बर्षभित्रको अवधिमा अष्ट्रेलियामा बसोवास गरेका करीब २ करोड विदेसीहरुको लेखापरीक्षण गरिने छ जसमा मुलत उनीहरुले राज्यलाइ तिर्नुपर्ने कर तिरे नतिरेको र सुपएनिएसनसम्बन्धी नियमनको पालना गरेनगरेको हेरिने बताइएको छ । 

लेखारीक्षणमा भिषा आवेदक र तिनका स्पोन्सरको ठेगाना, अएको, गएको र पढैको शैक्षिक सस्थाको विवरण समावेस हुनेछ ।

यसबाट अष्ट्रेलियामा बसोवास गरेर आफ्नो सुपरएनुएसन नलिइ फर्केकाहरु भने लाभानवित हुनेछन् ।

“करीव २ करोड आप्रवासीहरुको विवरण लिइ तिनलाई कर कार्यालयको विवरणसँग दाँजि अष्ट्रेलियामा रहदा यहाको करसम्बन्धि नियमहरु पालना गरे नगरेको हेरिने छ ।” कर कार्यलयले बताएको छ ।

यसरी गरिने लेखापरीक्षणले आप्रवासीहरुले कर तिर्ने गरे/नगरेको एकातिर पत्ता लाग्ने छ भने  अष्ट्रेलियामा आप्रवासीले गर्ने गरेका करछलिलगायतका अपराधमा राज्य संयन्त्र कत्तिको बलियो छ भनेर बुझ्न सकिने भनाइ कर कार्यालयको रहेको छ

Leave a Reply