आरसी थापाको संगीत र स्वरुपराज आचार्यको स्वरको नयां गीत सार्वजनिक
८ जनवरी २०१८, एडिलेड- आरसी (रामचन्द्र) थापाको संगीत स्वरुपराज आचार्यको स्वर रहेको लोक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रमेश दाहालको शब्द रहेको उक्त गीत एरेन्ज राम कार्कीले गरेका छन ।
“त्यहि आउ जहा बस्थे” बोलको उक्त गीत प्रारम्भ एल्बममा समेटिएको छ । गीतको पुरै भिडियोमा चित्रकलाको प्रयोग गरिएको छ भने शब्द चयन निकै उत्कृष्ट रहेको छ । नेपालका सर्वलोकप्रिय आधुनिक गायक स्वरुपराज आचार्यको मन छुने स्वर रहेको उक्त गीतलाई धेरैले रुचाएका छन । आरसी थापा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का ग्लोबल उपाध्क्षसमेत हुन् । गीतको म्युजिक भिडियोलाई यो लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ ।
Leave a Reply