एडिलेडमा नेपाल आइडलका साथ कल्चरल फेस्टिभल भब्यरुपमा सम्पन्न
२४ डिसेम्बर २०१७, एडिलेड- नेपाली टेलिभिजन इतिहासको सवैभन्दा रुचाइएको कार्यक्रम नेपाल आइडलको उत्कृष्ट ३ बिजेताहरुको साथमा साउथ अष्ट्रेलियाको एडिलेडमा शनिवार ‘कल्चरल फेस्टिभल’ सम्पन्न भएको छ । केही समयअधि सम्पन्न नेपाल आइडलका बिजेता बुद्द लामा, दोस्रा निशान भट्टराई र तेस्रा प्रताप दास आफ्नो सांगितिक प्रस्तुति दिन साउथ अष्ट्रेलियाको एडिलेड आएका थिए । ब्रिसबेन, मेलबर्न र एडिलेडमा गरी अष्ट्रेलियाको ३ शहरमा शाखा रहकेको नेपालीहरुको क्विन्स्फोर्ड कलेज र नेपालीहरुलाई एक दशकदेखी शिक्षा परामर्शको क्षेत्रमा सहयोग गर्दै आएको मेट्स इन्टरनेसनलको मुख्य प्रायोजन र ३ केजी इभेन्ट्स अर्गनाइजरको आयोजनामा भएको कार्यक्रममा आशिका राई, नोमिका खनाल, टेकेन दाहाल, सतिस ढुङ्गाना, बिक्रम योगी लगायतका स्थानिय कलाकार साथै इनास साउथ अष्ट्रेलिया, तमु धि एडिलेड, किरात साउथ अष्ट्रेलिया लगायतका स्थानिय संघसस्थाले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
उडभिल टाउनहलमा साँझ छ बजेबाट भएको कार्यक्रम रातको ११ बजेसम्म चलेको थियो । भुटानी समुदायको राम्रो उपस्थिति रहेको कार्यक्रममा ४ सय बढीको सहभागिता रहेको आयोजकले बताए । टेलिभिजनमा मात्र देखिएका नेपाल आइडलका बिजेता तथा उपबिजेतालाई सँगै देख्न पाउदा र उनीहरुसँगै नाच्न पाउदा दर्शकहरु निकै उत्साहित देखिन्थे । कार्यक्रममा गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया, इनास साउथ अष्ट्रेलिया, खुकुरी फुटवल क्लब लगायतका संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
Leave a Reply