एडिलेडमा जनावरीको पहिलो हप्ता लोसार उत्सव
२६ डिसेम्बर २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा तमु संस्कृतिको संरक्षण एवं प्रवर्दन गर्दै आएको ‘तमु धि एडिलेड‘ ले यस वर्षको लोसार कार्यक्रमको आयोजना बिहीबार, ४ जनावरी २०१८ मा थेवार्टन सामुदायिक भवन (Thebartan Community Center) मा हुने तय भएको छ । आयोजकहरुला कार्यक्रम ४ बजेदेखी १० बजेसम्म हुने बताएका छन । उक्त कार्यक्रम नेपाली कला संस्कृति, खेल, संगित, नृत्य, फेसन र खानाको पर्व हुने आयोजकले बताएका छन । कार्यक्रमलाई बुमरेङ इन्टरनेसनल एजुकेशनल सेवा, द गुर्खाज नेपाली रेस्टुरेन्ट, नमस्ते नमस्ते इभेन्ट अर्गनाइजर, थ्रि केजी इन्टरटेनमेन्ट, मेरियन एयर कन्डिस्निङ्ग लगायतले प्रायोजन गरेका छन । कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।
लोसार नेपाल र भुटानका बुद्द धर्मावलम्बिहरुले प्रमुख चाड हो । लोसारलाई बुद्द धर्मावलम्बिहरुले नया वर्षका रुपमा मनाउनेसमेत गरेका छन । नेपालमा तामाङ, गुरुङ, शेर्पा, थकाली लगायतका जातजातिले लोसारलाई धुमधामसँग मनाउने गरेका छन । नेपाल र भुटानका बुद्द धर्मावलम्बिहरुले १२ बर्षको अवधिलाई एक युग मान्ने गर्छन हरेका बर्षलाई बिभिन्न जनावरहरुको नाम दिइन्छ ।
पछिल्लो समयमा एडिलेडमा नेपालीहरुको जनसंख्या बढेसँगै यहा रहेका बिभिन्न जातजातिले आफना संस्कृतिहरु मनाउने गरेका छन । किरातहरुले उदौली/उभौंली, तामाङ, गुरुङ, शेर्पा, थकाली लगायतले लोसार, बुद्द जयन्ति आदी मनाउने गरेका छन ।
Leave a Reply