सर्पहरुले बच्चाको खेल्ने ठाँउमाथी कब्जा गरेपछी
२१ डिसेम्बर २०१७, सिड्नी- उत्तरी सिड्नीमा रहेको बच्चाहरुको एक लोकप्रिय खेलमैदानमा अचानक अत्याधिक सर्पहरु देखा पर्न थालेपछी अभिभावकहरु चिन्तित बनेका छन । अभिभावकहरु कुन बेला आफ्नो बच्चालाई बिषालु सर्पले डस्ने हो भनि चिन्तित बनेका छन ।
कुरो वरिवुड भ्याल्ली रकेट गार्डनको हो । गत २ महिनाको अवधिका उक्त पार्क वरपर २० भन्दा बढी बिषालु सर्प देखिएको स्थानियले बताएका छन । “सर्पको बसस्थानमा सर्प देखिनु नौलो कुरा होइन । तर जव अत्याधिक देखिनथाल्छ चिन्ता बढ्नथाल्छ ।” स्टेसि मिचेल नामको एक स्थानियले भनिन । उनले घरपालुवा जनावर तथा बच्चाहरुमाथीको खतरा कम गर्न काउन्सिलले केही गर्नुपर्ने बताइन ।
काउन्सिलका वातावरण तथा संरचना व्यवस्थापकले काउन्सिलले कस्तो संरचना निर्माण गर्दा सर्पको आवतजावत कम गर्न सकिन्छ भन्नेवारे अध्यायन गरिरहेको बताए । साथै सर्पहरु प्रकृतिको महत्वपुर्ण हिस्सा रहेकाले स्थानियहरुलाई गर्मीको मौसममा बढी सावधानी अपनाउन अनुरोधसमेत गरेका छन ।

Leave a Reply