घरमा पर्किङ गरेको गाडीमा फाइन आएपछी

२० डिसेम्बर २०१७, सनसाइनकोस्ट- तपाईको घरमै पार्किङ गरेर राखेको गाडीमा पार्किङको फाइन आयोभने कस्तो अनुभव गर्नुहुन्छ ? अवश्यपनि नराम्रो लाग्छ होइन त? अष्ट्रेलियाको सनसाइनकोस्टमा हालसालै यस्तै घटना घटेको छ र प्रहरीले अष्ट्रेलियन डलर ९४ को टिकट काटिदिएको छ । 

बिर्टिन्या रिजि गेरहार्ड गत आइतवार घर आउनासाथ ९४ डलरको टिकट देखेर अचम्मित भए । काउन्सिलमा बुझ्दा काउन्सिलले गलत तरिकाले पार्किङ गरेकाले पार्किङ फाइन गागेको प्रतिकृया दिएको छ । उनको कार ड्राइभ वे मै थियो, पछाडीको केही भाग घरको सीमाभन्दा बाहिर सडकमा निस्किएको थियो ।

“मैले जसरी नै टिकट पाएका ४ जनालाई म चिन्छु । तर म बस्ने ठाँउवरपर नै आधा दर्जनभन्दा बढीले टिकट पाएका छन ।” गरार्डले भने ।

“म घरमा थिइन, तर मेरा छिमेकीले घरको ढोका ढकढकाएर गाडी सार्न भनेका रहेछन । पार्किङ अधिकृतहरुले त्यो उनीहरुको काम नभएको बताएछन ।” उनले थपे ।

सनसाइनकोष्टको काउन्सिलमा फोन गर्दा उनले दुइवटा बिकल्प पाए, कि समयभित्र फाइन तिर्ने नत्र अदालत जाने ।

गेरार्डले सकेसम्म आफुले पार्किङ ढोका नजिक पार्किङ गर्न खोजेको तर अलिकति भाग बाहिर पर्न गएको बताए । काउन्सिलले पार्किङ गर्ने तरीका परिवर्तन नहुञ्जेल फाइन लगाइराख्ने प्रतिकृया दियो । यसरी पार्किङ गर्दा बाटो हिड्नेलाई असुविधा हुने काउन्सिलको तर्क छ ,

Leave a Reply