नेपालको स्वार्थलाई केन्द्रबिन्दुमा राखिएको विदेशनीति हुन्छ: केपी ओली
२१ डिसेम्बर २०१७, काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्सवादी लेनिनवादी (नेकपा एमाले) का अध्यक्ष एवं बाम गठबन्धनको जितपछी नेपालका भावि प्रधानमन्त्रीका रुपमा हेर्न थालिएका केपी शर्मा ओलीले उनको सरकारको विदेश नीति नेपालको स्वार्थलाई केन्द्रभागमा राखिएको सुमधुर, मैतृपुर्ण र घनिष्ठ छिमेकी सम्बन्धसहितको हुने प्रतिकृया दिएका छन । कार्यक्रम सञ्चालक भुषण दाहालको तपाईको सरकारको विदेश नीति कस्तो हुन्छ त? भन्ने प्रश्नको जवाफमा ओलीले यस्तो बताएका हुन । देशको विदेश नीति अन्य देशको स्वार्थपुर्ति गर्ने खालको हुन नहुने समेत ओलीले बताएका छन ।
अफ्नो राष्ट्रको हीतलाई कुठाराघात गरेर छिमेकि खुसी पार्ने कुरा आफुलाई मान्य नहुने उनले बताए । “मैले राम्रोसँग धान फलाए भने छिमेकि रिसाउलाकि भन्ने कुरापनि हुन्छ?” ओलीले प्रतिप्रश्न गरे ।
साथै ओलीले सरकारका जादैगर्दाका कदमहरुले आफुलाई चकित बनाएको पनि बताएका छन ।कामचलाउ बनिसकेको सरकारले आगामी सरकारका कामकारबाहिमा असर गर्नेखालका महत्वपुर्ण निर्णयहरु नगर्न चेतावनिसमेत दिएका छन । आगामी सरकार निर्माणको जममत आफुहरुले पाईसकेको जिकिर गर्दै सरकारका कदम हेरेर चाडै आफुले सरकार निर्माणको लागी अग्रसरता लिनेसमेत ओलीले बताए ।
Leave a Reply