आफ्नै कुकुरको आक्रमणबाट महिलाको हत्या
२१ डिसेम्बर २०१७, अमेरीका- अमेरीकाको भर्जिनियामा आफ्नै कुकुरको आक्रमणबाट स्टेफेन नामकि एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महिलाले आफ्ना २ कुकुरहरुलाई वल्कमा लैजादै गर्दा कुकुरहरुले आक्रमण गरेको प्रहरीको दावी छ ।
प्रहरीले मृत्यु भएको एक दिनपछी कुकुरले गार्ड गरिरहेहि अवस्थामा छ्यतबिछ्यत अवस्थामा महिलाको लास भेटेको थियो । प्रहरीले शुरुमा उक्त लासलाई जनावरको लास भएको ठानेको थियो । ४ जना प्रहरी र केही स्थानियसमेतले कुकुरले लास खाइरहेको देखेको बताएका थिए ।
महिलाका साथीभाइ तथा आफन्तले भने मान्न अस्विकार गरेका छन । उनीहरुको प्रश्न छ- “उनैले हुर्काएका कुकुरले उनैलाई किन मार्छन?”
दुइबटा कुकुरहरुको तौल महिलाकोभन्दा बढी रहेको थियो । लास टोकाइ अध्यायन गर्नसकिने अवस्थामा नै नरहेको लासका प्रत्यक्षदर्सिहरुले बताएका छन ।

Leave a Reply