रबिन्द्र मिश्रको हारमा प्रवासी नेपाली निकै दुखी, विवेकशीललाई राष्ट्रिय पार्टी बन्न कठिनाइ
९ डिसेम्बर २०१७, अष्ट्रेलिया- लामो समय पत्रकारितामा बिताएर परिवर्तन आफ्नै जीवनकालमा गरिछाड्ने अठोट गर्दै राजनितिमा होमिएका रविन्द्र मिश्रको हारमा प्रवासी नेपालीहरु निके दु:खी भइरहेका छन । लामो समय बीबीसी नेपाली सेवामा काम गरेला मिश्र देशको उराठलाग्दो राजनीतिक अवस्थाबाट दुखी भइ अचानक बीबीसीको नेपाल प्रमुखको पदबाट ११ महिनाअघि राजीनामा दिइ राजनीतिमा होमिएका थिए । कांग्रेसको गढ मानिएको काठमाण्डौको क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका मिश्र सोही क्षेत्रबाट ३ पटक लगातार चुनाब जितेका कांग्रेसका प्रकाशमान सिंहसग करीब ७ सय मतले पराजीत भएका थिए ।
कतिपयले भने मिश्रको हारलाई उनको राजनितिक यात्राका आधारमा निकै सम्मानजनक भनि विश्लेषण गरेका छन । सामाजीक सञ्जाल भर उनको हारमा दुख पोख्नेहरुको पोस्टले भरिएका छन ।
उनको हारसँगै यसपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व भन्ने नाराका साथ चुनाब लडेका मिश्रको पार्टी विवेकशील साझालाई राष्ट्रिय पार्टी बन्न कठिनाइ हुने देखिएको छ । राष्ट्रिय पार्टी हुनका लागी प्रत्यक्षमा कमसेकम १ सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ ।
Leave a Reply