बाममय भयो देशै- बाम गठबन्दनको दुइ तिहाई बहुमत पुग्ने प्रवल संभावना
९ डिसेम्बर २०१७, काठमाण्डौ- एमालेको बहुमत आउने अध्यक्ष के पी शर्मा ओलीको चुनाबपुर्वकै दावी अनुरुप पुरै देश एमालेमय भएको छ । प्रत्यक्षतर्फको १६५ स्थानमध्ये नेकपा एमालेले हालसम्म २२ स्थानमा जीत हासिल गरिसकेको छ भने उसको ५८ ठाउमा अग्रता रहेको छ । ५८ ठाँउको अग्रताबाट कमसेकम ५५ स्थानमा मात्र जित्ने हो भनेपनि एमालेको प्रत्यक्षतर्फमात्र कुल ७७ सिट आउने देखिन्छ ।
यसैगरी बाम गठबन्धनको अर्को पार्टी माओवादी केन्द्रले हालसम्म ७ स्थानमा जितिसकेको छ भने २७ ठाउमा अगाडी रहेको छ । माओबादीले अगाडी रहेको २७ मध्ये २५ स्थानमामात्र जित्ने हो भनेपनि उसको कुल सिटसंख्या ३२ हुनजान्छ । यसरी कुल सिटसंख्या १०९ हुनजान्छ जुन दुइ तिहाई बहुमतभन्दा एक सिटमात्र कम हो ।
यदी एमाले र माओवादीले अग्रता रहेको सबै स्थानमा जित्ने हो भने कुल सिटसंख्या ११२ हुनजान्छ जुन दुइतिहाई भन्दा पनि बढी हो । यसरी समानुपातिकमा प्रत्यक्षको अनुपातमा केही सिट कम नै आए पनि बाम गठबन्दनको बहुमत पुनसक्ने संकेत देखापरेको छ ।
Leave a Reply