के एमाले एक्लैको पुग्ला त बहुमत?
९ डिसेम्बर २०१७, काठमाण्डौ- देशमा गणतन्त्रको स्थापनापछी पहिलोपल्ट भएको निर्वाचनमा देशैभर बामको पक्षमा अप्रत्यासित रुपमा मत देखिएपछी बाम गठबन्धनको त करीब दुइ तिहाई बहुमतको नजिक पुग्ने निश्चित भइसकेको छ । यसरी गठबन्धनको बहुमत पुगिरहदा नेकपा एमालेमात्रको बहुमत आउला कि नआउला भन्ने प्रश्नपनि यदाकदा सुनिन थालेको छ । हालसम्म एमालेले २३ स्थानमा जित प्राप्त गरिसकेको छ भने ५६ स्थानमा अग्रता लिइरहेको छ । यदी अग्रता लिइरहेको सबै स्थानमा एमालेले जित्ने हो बने प्रत्यक्षतर्फ एमालेको ७९ सिट हुनजान्छ । प्रत्यक्षतर्फ सामान्य बहुमतका लागी ८३ सिट प्राप्त गर्नुपर्ने हुन्छ जुन एमालेको संभावित सिटभन्दा ४ सिटले मात्र बढी हो । यदी प्रत्यक्षतर्फ अन्य चार सिटहरु जित्नु वा समानिपातिकमा प्रत्यक्षभन्दा केही बढी सिट आउने हो भने एमाले एक्लैको सामान्य बहुमत पु्ग्ने संभावनालाई पनि नकार्न सकिन्न ।
प्रत्यक्ष र समानुपातिक दुबै गरी बहुमत हुन १३८ सिट हुनुपर्छ । यदि एमालेले अग्रता लिएको सबै ठाउमा जित्ने हो भने ७९ सिट प्राप्त गर्छ । अग्रता लिरहेको सवै स्थानमा जित्ने र समानुपातिकबाट ५९ सिट प्राप्त गर्ने हो भने एमालेको बहुमत आउने देखिन्छ । समानुपातिकमा ५९ सिट प्राप्त गर्न कुल खसेको मतको करीब ५४% मत ल्याउनुपर्छ । प्रत्यक्षतर्फ अग्रता रहेको सबै स्थानामा एमालेले जित्नु भनेको प्रत्यक्षतर्फको करीब ४८% मत प्राप्त गर्नु हो ।
Leave a Reply