कांग्रेसले प्रत्यक्षतर्फ बढीमा २६ सिटमात्र जित्ने
९ डिसेम्बर २०१७, काठमाण्डौ- गणतान्त्रिक नेपालको पहिलो निर्वाचनमा निकै लज्जास्पद अवस्थाबाट गुज्रिरहेको नेपाली कांग्रेस अग्रता रहेको सवै स्थानमा जित हासिल गरेको खण्डमा २६ सिटमा सिमित हुने देखिएको छ । नेपाली कांग्रेसले हालसम्म ५ स्थानमा जित हासिल गरेको छ र २१ स्थानमा अग्रता लिइरहेको छ ।
हालसम्म कांग्रेसका प्रकाशमान सिहंले काठमाण्डौ क्षेत्र नं १, गगन थापाले काठमाण्डौ क्षेत्र नं ४, राजन केसीले काठमाण्डौ क्षेत्र नं १०, डा. मिनेन्द्र रिजालले मोरङ्ग क्षेत्र नं २ र मोहन आचार्यले रसुवा क्षेत्र नं १ बाट गरी जम्मा ५ सिट जितेका छन ।
Leave a Reply