काठमाण्डौं १ मा रबीन्द्रले जित्ने संभावना बढ्यो

८ डिसेम्बर २०१७, काठमाण्डौ- प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकिएर मतगणना भइरहदा विवेकशील साझाका उम्मेद्वार रबीन्द्र मिश्रले जित्ने चर्चा बढेको छ । मतगणना भइरहदा विश्लेषकहरुको यस्तो चर्चा बढेको हो ।

राजनीतिक विश्लेषकहरुले एमालेको भोटसमेत पाएका कारण मिश्रले जित्ने संभावना बढेको बताइरहेका छन । माओवादीले बलियो उम्मेद्वार नउठाएको र एमालेको प्रकाशमान सिंहको भोट काट्ने रणनीतिका कारण मिश्रलाई फाइदा पुग्ने बताइरहेका छन । काठमाण्डौ क्षेत्र नं ट बाट यसअघि चिनाब जितिरहेका प्रकाशमान सिंह यसपाली पनि आफुले जित्ने दावी गरिरहेका छन ।

विवेकशील साझाले यस क्षेत्रमा स्थानिय निर्वाचनमा पाएजति मात्र मत पाएपनि मिश्रले चुनाब जित्ने छन । मिश्रले चुनाव जितेमा विवेकशील साझाको राष्ट्रिय पार्टी बन्ने संभावना प्रवल हुनेछ । राष्ट्रिय स्तरको पार्टी बन्न प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ ।

Leave a Reply