अष्ट्रेलियाले सन् २०१९ का लागी फेब्रुअरीमा खुलाउने, यसरी अप्लाई गर्न सकिन्छ
८ डिसेम्बर २०१७, एडिलेड- अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सन् २०१९ का लागी खुलाउने छात्रवृत्ति सन् २०१८ को फेब्रुअरीमा खुलाउने भएको छ । अष्ट्रेलियन सरकारले दिने छात्रवृत्तिले कुनैपनि लेभलको पढाइ पुरा गर्न लाग्ने समयावधिभरीको सम्पुर्ण खर्च बराबरको रकम छात्रबृत्ति पाउने विद्यार्थीलाई प्रदान गर्ने गर्छ । यस्ता खर्चहरुमा दोहोरो टिकट खर्च, अष्ट्रेलिया आउनेवित्तिकै यहाको बसाइ व्यवस्थित गर्न लाग्ने खर्च, पढुञ्जेको खाना खर्च, पढाई खर्च, अन्तराष्ट्रिय विद्यार्थी स्वास्थ बीमा, पढाइसम्बन्धि अन्य खर्च तथा रिसर्च गर्ने विद्यार्थीहरुका लागी फिल्डमा जादा लाग्ने खर्च पर्छन ।
अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीले युनिभरसिटीको The Commonwealth Register of Institutions and Courses for Overseas Students (CRICOS) आफ्नो शैक्षिक क्षेत्र मिल्ने कालको बिषय खोजी गरी https://oasis.dfat.gov.au गएर छात्रवृत्तिका लागी आवेदन दिनुपर्दछ । यसरी छात्रवृत्ति दिन चाहने विद्यार्थीले १ फेब्रुअरी २०१८ देखी १५ अप्रिल २०१८ को क्यानवेराको समयअनुसार मध्यरातसम्ममा आवेदन दिइसक्नुपर्छ ।
Leave a Reply